×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पर्वतारोहण राजस्वको लाभ हिमाली गाउँमा कहिले…

  •  
  • आइतबार, असार ०३, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सुरेन्द्र फुयाल

    सगरमाथा र अन्य हिमाल आरोहीहरूबाट नेपाल सरकारले उठाउने राजस्वको तोकिएको हिस्सा उच्च हिमाली क्षेत्रमा पुग्न झनै कठिन हुन थालेको हिमाली क्षेत्रका प्रतिधिनिहरूले बीबीसीलाई बताएका छन्।

    पर्वतारोहीहरूले तिर्ने राजस्वको २५ प्रतिशत हिस्सा सम्बन्धित हिमाली क्षेत्रको विकासमा खर्च गर्ने सरकारी नियम छ।

    तर देश संघीयतामा गएपछि पर्वतारोहणको राजस्व हिमाली गाउँ पुग्ने प्रक्रिया थप झन्झटिलो बनेको सगरमाथा र कञ्चनजङ्घा हिमाली क्षेत्रका स्थानीय नेताहरूले बताएका छन्।

    पर्यटन विभागको अनुसार यसपालीको वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्ने अनुमति पाएका आरोहिहरूबाट मात्र ४१ करोड रूपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ।

    अर्को उच्च शिखर कञ्चनजङ्घा हिमाल आरोहीबाट यो वसन्त ऋतुमा ८२ लाख रुपैयाँ उठेको छ।

    तर त्यो रकम सगरमाथा र कञ्चनजङ्घा हिमाल नजिकैका गाउँ बस्तीमा कहिले पुग्ने हो त्यस्को टुंगो लाग्न सकेको छैन।

    शेर्पा

    प्रतीक्षा

    खुम्बु पासङल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जे शेर्पाले भने, “पर्वतारोहणबाट उठेको राजस्वको २५ प्रतिशत स्थानीय तहले पाउने भनिएको छ। तर स्थानीय चुनाव भएको एक वर्ष भइसक्यो। हामीले त्यो रकम अहिलेसम्म पाएको छैन।”

    सगरमाथाको तुलनामा पूर्वी हिमालयमा अवस्थित कञ्चनजङ्घामा कमै आरोहीहरु पुग्ने गर्दछन्।

    पर्वतारोहणबाट उठेको राजस्वको २५ प्रतिशत स्थानीय तहले पाउने भनिएको छ। तर स्थानीय चुनाव भएको एक वर्ष भइसक्यो। हामीले त्यो रकम अहिलेसम्म पाएको छैन

    निमदोर्जे शेर्पा, अध्यक्ष, खुम्बु पासङल्हामु गाउँपालिका

    ती आरोहीबाट उठ्ने राजस्वको एक चौथाइ हिस्सा कञ्चनजङ्घा हिमाल मुनिका दुर्गम गाउँ बस्तीका विकास आवश्यकता पूर्ति गर्न पर्याप्त हुँदैन।

    तर जति रकम पुग्नु पर्ने हो त्यो पाउने प्रक्रिया निकै झन्झटिलो भएको फक्ताङलुङ्ग गाउँपालिकाका अध्यक्ष सरोज लिम्बु बताउँछन्।

    उनी भन्छन्, “रकम यताबाट उता पठाउने भए सजिलो हुन्थ्यो। तर उताबाट यहाँसम्म पैसा आउन सजिलो छैन्।”

    सगरमाथा

    देशमा तीन तहको सरकार गठन सुरुभएपछि पर्वतारोहीबाट संकलन गरिने राजस्वको बाँडफाँटको विषयमा पनि नयाँ ढंगले गृहकार्य भइरहेको अधिकारीहरू बताउँछन्।

    ‘गृहकार्य’

    पर्यटन विभागका निर्देशक रामप्रसाद अधिकारीको भनाइमा त्यस विषयमा पनि “अहिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गृहकार्य गरिरहेको छ।”

    विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्न अनुमति लिने विदेशीले प्रति आरोही ११ हजार डलर र नेपालीले प्रति आरोही ७५ हजार रुपैयाँ पर्यटन विभागमा बुझाउनु पर्छ।

    शेर्पा

    अन्य हिमालको हकका तुलनात्मक रूपमा कम शुल्क बुझाउनु पर्ने नियम छ।

    स्थानीय तह र जिल्लामा केन्द्रबाट आउने पर्वतारोहण राजस्वको हिस्सा पाउन प्रतिस्पर्धा समेत हुने गरेको स्थानीय तहका नेताहरू बताउँछन्।

    त्यसैले पनि उच्च हिमाली भेगका बासिन्दा आफू नजिकैका हिमालका नाममा संकलन हुने पैसा आफ्नो गाउँठाउँको विकासमा उपयोग गर्न सकिरहेका छैनन्।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.