गोरखा समाचारदाता
जिल्ला सदरमुकाममा भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपधी कर्मचारी समूहले जितेको छ । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर बनाउने उदेश्यले विश्वकप फुटबलको पूर्वसन्धामा कर्मचारी मिलन केन्द्रले गरेको प्रतियोगितामा कर्मचारीकै समूह ६–० गोल अन्तरले बिजयी भएको हो ।
खेल सुरु हुने बित्तिकै गोलको खाता खोलेको कर्मचारी समूहले निर्धारित ६० मिनेट सम्म जनप्रतिनिधिहरुको समूहलाई निकै दबाबमा राखेपछि जनप्रतिनिधिहरु निरिह देखिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त लगायतले जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, जिल्ला न्यायधिस बसन्तराज पौडेल, प्रहरी प्रमुख बिमल बस्नेत लगायतले कर्मचारी समूह खेलेका थिए।




















