×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मानसरोवर यात्रा: नेपालमा लाखौं खर्चिन्छन् भारतीय

  •  
  • बिहिबार, जेठ १०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल हुँदै चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको यात्रामा जाने प्रत्येक भारतीय तीर्थयात्रीले एक लाख रुपैयाँभन्दा बढी रकम नेपालमा नै खर्च गर्ने गरेको उक्त यात्रा संयोजन गर्ने व्यवसायीहरूले जनाएका छन्।

    नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीहरुको संख्या बर्सेनि बढ्दै गएको र यसबाट पश्चिम क्षेत्रमा होटल तथा पर्यटनका अन्य क्षेत्रमा रोजगारीको विकास भएको त्यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ।

    अवसर

    हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्रीहरू बढ्न सक्ने बताइएको छ।

    तातोपानी नाका भूकम्पपछि बन्द भएसँगै कैलाश मानसरोवर जाने यात्रीहरू हुम्ला भएर जाने गरेका छन्।

    पाँच महिनासम्म चल्ने मानसरोवर यात्रामा हुम्ला भएर जानेको संख्या सुरुवाती दिनमा न्यून रहेपनि गत वर्ष बढेर १२ हजार पुगेको थियो।

    हालसम्मका विवरणहरू अनुसार यस वर्ष उक्त संख्या १४ हजारको हाराहारी पुग्ने अनुमान गरिएको छ।

    विगतमा काठमाण्डू आएर सिधै तातोपानी हुँदै जाने गरेका भारतीय तीर्थयात्रीहरू अचेल हुम्ला भएर आवतजावत गर्दा कम्तीमा छ दिन नेपालमा बिताउने गर्छन्।

    र, उनीहरूले छ पटक आन्तरिक हवाई उडान प्रयोग गर्ने गरेको बताइएको छ।

    जसबाट उनीहरूको कुल खर्चमध्येको आधाभन्दा बढी भाग नेपालमै रहने गरेको भनाइ व्यवसायीहरूको छ।

    त्यस्तैमध्येका एक राजाराम तिवारीले भने, “नेपाल सरकारले ९० डलर राजस्व पाउँछ। हेलिकप्टर, प्लेन र होटलको खर्च गरेर करिब १ लाख १० हजार रुपैयाँ यहीँ खर्च हुन्छ।”

    कति दिन कहाँ?

    नेपालगञ्ज विमानस्थल
    यात्राको मौसममा नेपालगञ्ज विमानस्थलमा पनि तीर्थयात्रीहरूको भिड देखिन्छ।

    काठमाण्डूमा एक रात बिताउने गरेका उनीहरूले नेपालगञ्जसम्मको उडान प्रयोग गर्ने र एकरात नेपालगञ्ज वा सुर्खेतमा बिताउने गरेका छन्।

    अर्को दिन हुम्ला सदरमुकामसम्म हवाईजहाजमा जाने र एकरात त्यहीँ बिताएर अर्को दिन हेलिकप्टरमा हिल्सासम्म जाने गर्दछन्।

    फर्किँदा पनि त्यसरी नै उनीहरूले होटल र उडान प्रयोग गर्ने गर्दछन्।

    मानसरोवर जाने यात्रीहरूको व्यवस्थापनको काम गर्ने अधिकांश एजेन्सीहरूले हुम्ला भएर जाँदा नेपालमा हुने गरेको खर्च बढेको बताएका छन्।

    नेपालगञ्ज र सुर्खेतमा मानसरोवर जाने यात्रीहरूलाई ध्यानमा राखेर बर्सेनि सुविधासम्पन्न होटलहरू खोल्ने होड नै चलेको छ।

    हुम्लामा चहलपहल

    हुम्ला विमानस्थलमा हेलिकप्टरको हुल
    मानसरोवर यात्राको याममा हुम्ला विमानस्थलमा हेलिकप्टरको हुल देखिने गर्छ।

    विगतमा चारवटा मात्रै होटल भएको र छिटपुट मात्रै उडान हुने गरेको हुम्लामा मानसरोवर जाने यात्रीको चाप बढेसँगै होटलको संख्या बढेर २४ पुगेको छ भने हवाईजहाज र हेलिकप्टरले हुम्ला विमानस्थल भरिने गरेको छ।

    मानसरोवर यात्रीका कारण हुम्लामा धेरै क्षेत्रमा फरक परेको होटल व्यवसायी संघ हुम्लाका अध्यक्ष मिमबहादुर तामाङको भनाइ छ।

    उनले भने, “अध्यागमनले पाउने राजस्वमध्ये ३३ प्रतिशत हुम्लालाई आउँछ। होटल चलेका छन्। त्यस्तै अन्य व्यापार व्यवसाय पनि बढेको छ। नयाँ नयाँ टोलको निर्माण सुरु भएसँगै मजदुरहरुले काम पाएका छन्। स्थानीय तरकारी, दही, दूधको विक्री बढेको छ।”

    भारतीय तीर्थयात्रीको संख्या बढेपनि सडक संरचना तथा हवाई यातायात व्यवस्थित हुन नसक्दा पर्याप्त फाइदा लिन नसकिएको कतिपयको ठम्याइ पाइन्छ।

    कर्णालीको सम्भावना

    उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले भने, “हवाई यातायातको सुविधा अझै बढाएमा र यो प्रदेशबाट मानसरोवर जाने सडक निर्माण भएमा पर्यटनका माध्यमबाट रोजगारी र आम्दानी अझै बढ्छ।”

    निर्माणाधीन हिल्सा-सिमिकोट सडक र सुर्खेत-हुम्ला सडक निर्माणको काम बेलैमा सकिए मानसरोवर जाने तीर्थयात्रीको संख्या अझै बढ्ने बताइएको छ।

    यसपटक देखि केरुङ नाका पनि अन्तर्राष्ट्रिय नाकाका रुपमा खुल्ला गरिएको भए पनि झन्झटिलो प्रक्रियाका कारण उक्त मार्ग प्रयोग गरेर जान चाहने यात्रीको संख्या भने न्यून रहेको जनाइएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, जेठ १०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.