×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

रेमिट्यान्समा सुधार हुँदैछः राष्ट्र ब्याङ्क

  •  
  • आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल राष्ट्र ब्याङ्कले विदेशबाट नेपाली कामदारले पठाउने रेमिट्यान्समा केही महिनायता सुधार आएको जनाएको छ।

    कामदारहरूले औपचारिक माध्यमबाट पैसा पठाउने क्रममा वृद्धि हुनु सुधारको एउटा कारण भएको अधिकारीहरूले बताएका छन्।

    तर हुण्डी जस्ता गैरकानुनी तरिकाले पैसा पठाउने प्रवृत्तिलाई समयमै रोक्न नसके पछिल्लो सुधार धेरै टिक्न नसक्ने एकजना पूर्वगभर्नरले बताए।

    केही समयअघिसम्म ओरालो लाग्न थालेको रेमिट्यान्स आम्दानी चालू आर्थिक वर्षको नौ महिनामा आइपुग्दा झण्डै ६ प्रतिशतले वृद्धि भएको राष्ट्र ब्याङ्कले जनाएको छ।

    तहसनहस

    वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू घट्ने क्रममा रहेको तथ्याङ्क सार्वजनिक भइरहँदा रेमिट्यान्स आम्दानी गत चैतसम्ममा झण्डै ५४० अर्ब रूपैयाँ पुगेको छ।

    कतिपय मुलुकबाट पैसा पठाउने प्रणालीमा सुधार र पछिल्लो सुनकाण्डका कारण हुण्डी कारोबारमा कमी आएकोले पनि रेमिट्यान्स आम्दानीमा सुधार भएको राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए।

    कामदार

    उनले भने, “पहिले २० देखि २५ डलरमा ब्याङ्कबाट पैसा पठाउनेहरूले अहिले मनि ट्रान्सफर खुलेपछि ६-७ डलरमा पैसा पठाउन थालेका छन्। अर्को कुरा हालै पर्दाफास भएको सुनकाण्डको संयन्त्र तहसनहस भएकोले पनि विप्रेषण आम्दानी बढेको हो।”

    रेमिट्यान्स आम्दानी बढ्नुमा अमेरिकी डलर र मलेसियन रिङ्गेटको दरमा वृद्धि हुनुलाई पनि अर्को कारण मानिएको छ।

    दिगो

    सरकारले संस्थागत रूपमा रकम भित्र्याउन विनिमय दरमा छुट र सेवा शुल्क कम गर्न आवश्यक नीतिमा समेत सुधार गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

    सरकारले हुण्डीमार्फत हुने कारोबारलाई ब्याङ्कको प्रणालीमा ल्याउन नसकेमा उक्त सुधार दिगो नहुने एकजना पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको भनाइ छ।

    उनले भने, “यो बढेको पनि हामीले आफैँले गरेको कारणले हो जस्तो मलाई लाग्दैन। विदेशबाट पठाउने रकम हुण्डीबाट पठाउँदा छिटो पाइन्छ भन्ने छ। ब्याङ्किङ क्षेत्रमा सुधार गर्नसक्ने हो भने विप्रेषण प्राप्ति बढ्छ भन्ने मलाई लाग्छ।”

    देशको कुल गार्हस्थ उत्पादनको झण्डै एक तिहाई रकम वैदेशिक रोजगारीमार्फत आउने गरेको छ।

    खाडी राष्ट्रको तुलनामा भारत र दक्षिण कोरियाबाट गैरकानूनी हुण्डीमार्फत ठूलो रकम भित्रिँदा राजश्व आयमा अर्बौँ रूपैयाँको नोक्सानी भइरहेको बताइन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.