×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कृषिलाई प्राथमिकतामा नराखिएको प्रति मन्त्री थापाको आक्रोश

  •  
  • आइतबार, बैशाख ३०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    स्थानीय तहका प्रमुख एक्साभेटर र वडा अध्यक्ष जेसिबीको मालिक बनेर अब देश बिकास नहुने प्रदेश नम्बर ४ का मन्त्री लेख बहादुर थापाले बताएका छन् । शहिद लखन गाउँपालिका वडा नम्बर ३ कल्लेरीमा लाफा माछा पकेट क्षेत्र घोषणा गर्दै कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री थापाले भने ‘गाउँपालिका अध्यक्ष, नगरपालिकका मेयरहरु चाँही एक्साभेटर र वडा अध्यक्ष जेसिबीको मालिक बनेर अब देशको बिकास हुँदैन ।’ स्थानीय तहले अब धुलेबाटोमा लगानी गर्न भन्दा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाई छ ‘सधै त्यहीँ धुलो कोट्याउने, पानी आउछ बगाएर लैजान्छ, सक्ने भए पिच गर्नुपरयो अब त्यसै पैसा खर्च गर्न भएन ।’ स्थानीय तहले कृषिलाई कम प्राथमिकतमा राखेको भन्दै आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री थापाले हरेक स्थानीय तहले सबै वडाहरुमा कम्तीमा एउटा नमूना काम गर्नुपर्ने बताए । ‘सबै वडामा कम्तीमा एउटा नमूना कृषिजन्य काम गर्नुपर्छ, तब मात्र स्थानीय तहको अर्थ रहन्छ’ मन्त्री थापाले भने । आन्तरिक आयको मुख्य स्रोत कृषिमा लगानी बढाएर व्यवसायिक रुपमा अगाडी बढ्नुपर्ने उनको जोड छ ।

    प्रदेश नम्बर ४ भित्र काम गर्न चाहने किसानले जमिन नपाउने र जग्गा हुनेले बाँझो राख्ने नितिको अन्त्य हुने बताएका छन । सोको लागि प्रदेश सरकारले आवश्यक निति नियम निर्माणको तयारी थालिएको भन्दै उनले निकट भविष्यमा भुमि बैङ्क निर्माण गरी किसानलाई जग्गा प्रदान गर्ने दाबी गरे । जग्गालाई बर्गिकरण गरेर खेतियोग्य जमिनको चक्ला बन्दी गरी उत्पादनका आधारमा पकेट, ब्लक र जोनमा रुपान्तरण गर्ने योजना रहेको बताए । ‘अब कसैले पनि जमिन बाँझो राख्न पाउँदैन, भुमिबैङ्क बनाएर काम गर्नेलाई मात्र जमिन दिने प्रावधान बनाउनु जरुरी छ’ उनले भने ।

    गोरखा कृषि उत्पादनको हिसाबले निकै महत्वपुर्ण रहेको भन्दै उनले जिल्लाका विभिन्न ठाउँमा पकेट, ब्लक र जोनका कार्यक्रमहरु अगाडी बढाईको बताए । सुन्तला, अलैची, तरकारी, मकै, आलु लगायतका खेतिबालीलाई प्रवद्र्धन गर्दै विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्ने पक्षमा आपूm रहेको उनको भनाई छ । दरौदी नदीको करिडोरमा माछा पालन गर्नेलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत स्थानीय १० युवाहरुले सञ्चालन गरेको लाफा माछा पालन केन्द्रलाई शुक्रबार पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । ७ जना विदेशबाट फर्केका, लामो समय देखि कृषि पेसा गर्दै २ र १ जना भूपु सैनिक मिलेर सञ्चालन गरिएको उक्त कृषि फर्म अन्तर्गत अहिले २० वटा पोखरीमा माछा पालिएको छ । यसैगरी तरकारी खेति, केरा खेति, कुखुरा र बंगुरपालनको काम समेत सँगै अगाडी बढाएको उक्त समूहका सदस्य कबिर थापा बताए ।

    समूहका सदस्य झक्कल थापाको अध्यक्षता तथा प्रदेश नम्बर ४ का कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शहिद लखन गाउँपालिका प्रमुख रमेशबावु थापा, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठ, सुन्तला जातका फलफुल जोन परियोजनाका प्रमुख अजय अधिकारी, नेपाल केन्द्रिय कृषि सहकारी सघंका केन्द्रिय सदस्य कृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख ३०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.