×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बाली बीमाबारे नजान्दा कृषकलाई नोक्सान

  •  
  • बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कृषि मन्त्रालयका अनुसार सरकारले ४ वर्षअघि शुरू गरेको कृषि बीमाको योजनामा हालसम्म ८ हजार जति किसान मात्रै आबद्ध भएका छन्।

    केही समयअघि देशभरि पानी र असिना पर्‍यो।

    जसले देशभर करोडौँ रूपैयाँ बराबरको क्षति पुगेको कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मणिरत्न अर्यालले बताए।

    कृषि बीमा कार्यक्रम अन्तर्गत यस वर्ष करिब ७ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको अधिकारीहरू बताउँछन्।

    विवरण

    उनले भने, “चैत र वैशाखमा परेको असिनाले करिब २१ करोड रूपैयाँ बराबरको बालीनालीमा क्षति पुगेको देखिएको छ। पछिल्लो साता परेको असिनाले पुर्‍याएको क्षतिको विवरण अझै सङ्कलन हुँदैछ।”

    तरकारी र फलफूल खेतीमा बढी नोक्सान परेको अर्यालले बताए।

    बालीमा किरा लाग्नेदेखि असिनाका कारण खेती नष्ट भएकासम्म जोखिम न्यूनीकरण गर्न किसानले बीमा गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

    तर अझै पनि धेरै किसानले आफ्ना बाली र पशुको बीमा कसरी गर्ने भन्ने जानकारी पाउन नसकेकोले नगरेको बताएका छन्।

    चितवन भण्डाराका तरकारी खेती गरिरहेका कृषक नवीन तिवारीले भने, “यहाँ तरकारी खेती गर्ने कुनै पनि किसानले बीमा गरेका छैनन्। बीमा कहाँ गएर गर्ने र यसका लागि के-के चाहिन्छ नै हामीलाई थाहा छैन, त्यसैले नगरेको हो।”

    अनिवार्य

    शुरूमा बीमाको प्रिमियमको ५० प्रतिशत सरकारले तिरे पनि पछिल्लो समय यसलाई बढाएर ७५ प्रतिशत पुर्‍याएको छ।

    यसरी बीमामा कृषकलाई दिने सहुलियतका लागि यो आर्थिक वर्षमा करिब ७ करोड रूपैयाँ खर्च हुने देखिएको सरकारले जनाएको छ।

    करिब आधा दशकअघि सरकारले ल्याएको बीमा आबद्ध भएकामध्ये धेरैजसो व्यावसायिक किसान नै रहेको अर्यालले बताए।

    उनले भने, “हामीले दिने अनुदान लिने किसानलाई अनिवार्य बीमा गराउँछौँ। व्यावसायिक ठूला किसान करिब ५ हजार र साना करिब ३ हजार किसान बीमामा आबद्ध भइसक्नुभएको देखिएको छ।”

    नगदे बाली र तरकारीभन्दा पनि पशु बीमामा कृषकहरू बढी आकर्षित भएको अधिकारीहरूले बताएका छन्।

    कुल गार्हस्थ उत्पादनमा करिब ३० प्रतिशत योगदान पुर्‍याउने कृषि क्षेत्रमा आबद्ध किसानलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ ल्याइएको बीमा नीति प्रभावकारी बनाउन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.