×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सीमामा रोकिए नेपाली चिया बोकेका ट्रक

  •  
  • बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतले प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि नेपालमा उत्पादित तयारी चियाका ट्रक भारतीय भन्सारमै अड्किएका छन्।

    गत सात दिनदेखि नेपालमा उत्पादित अर्थोडक्स तथा सीटीसी तयारी चियाका ११ वटा ट्रक भारतको पानीटंकी भन्सारमा अड्केका हुन्।

    तयारी चिया भारत निकासी हुन नसकेपछि चिया उद्योगहरूले किसानबाट हरियो पत्ती खरिद गर्न समेत छाडेका छन्।

    सरकारले यस विषयमा भारतसँग कूटनीतिक तहमा कुराकानी भइरहेको जनाएको छ।

    परीक्षण

    भारतले खाद्य सुरक्षामा कडाइ गर्दै प्रत्येक ट्रकका नमुना कोलकातास्थित सेन्ट्रल फुड ल्याबबाट परीक्षण गराउनुपर्ने प्रावधान राखेपछि नेपाली तयारी चिया भारतीय भन्सारमै सात दिनदेखि अड्किएको एकजना चिया उद्योगी चण्डी पराजुलीले बताए।

    उनले भने, “यसअघि ६ महिनामा एक पटक परीक्षण गराएर लैजाने परम्परा थियो। तर अब प्रत्येक ट्रकको नमुना परीक्षण गराउन भनेर हामीलाई भनिएको छ।”

    चीया

    तर भारतीय भन्सारका अधिकारीहरूले तयारी चिया अड्केको विषयमा बोल्न चाहेनन्।

    नेपाली व्यवसायीहरूका अनुसार एक पटकको नमूना परीक्षण भएर त्यसको रिपोर्ट आउँदा कम्तीमा १५ दिन लाग्छ।

    त्यतिञ्जेल भन्सार परिसरमा रहेका तयारी चियाको गुणस्तर बिग्रने उनीहरूको दावी छ।

    प्रभाव

    अर्का चिया उद्योगी उदय चापागाईंले भने, “नेपालमा उत्पादित अधिकांश चिया भारत नै जाने हो। भारतले नेपाली चियालाई यसरी कडाइ गर्ने हो भने हामीले चिया उद्योगमा ताला लगाए हुन्छ।”

    चिया उत्पादनको मुख्य समयमा नेपालमा उत्पादित तयारी चिया भारत जान नसकेपछि चिया कारखानाहरूले हरियो पत्ती खरिद गर्न बन्द गरेको इलाम फिक्कलका अर्का व्यापारी प्रदीप अग्रवालले बताए।

    तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले चिया निकासी रोकिएको विषयमा भारतसँग कुरा भइरहेको बताए।

    उनले भने, ‘मैले यो विषयमा भारतीय दूतावास र भारतीय अधिकारीहरूसँग कुरा गरिरहको छु।’

    भारतले खाद्य सुरक्षामा कडाइ गर्दै लगेकाले त्यही अनुरूपको चिया उत्पादन तथा बजारीकरणको आवश्यकता रहेको उनले बताए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.