×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

करछलीको आशंकामा हार्डवेयर पसलहरु निग्रानीमा

  •  
  • बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    बैशाख २० गते । करछली गरेको आशंकामा जिल्ला सरमुकाममा रहेका केही हार्डवेयर पसलहरुले कागजपत्र आन्तारिक राजस्व कार्यालयले नियन्त्रणमा लिएको छ । केही दिन अघि पोखराबाट आएको एक टोलीले पुनःनिर्माणको मौका छोपी व्यवसायीले कर छली गरेको हुन सक्ने आशंकामा पसलहरुमा छापा मारी करसँग सम्बन्धित खाता तथा अन्य कागजात नियन्त्रणमा लिएको हो ।

    सदरमुकामको चाइनिजधारामा रहेको रोश्नी सप्लायर्स, कालिमाटीको मिनकाजी सेवा स्टोर्स र शाक्तिचोकको सत्यसाई हार्डवेयर लगायतबाट टोलीले कागजात नियन्त्रणमा लिएको आन्तरिक राजस्व कार्यालय स्रोत बताउछ । ‘सदरमुकाम सहित छेपेटारका निर्माण सामाग्रीका पसलहरुमा टोलीले छापा मारेको हो, ति सबैबाट करसंग सम्बन्धित सबै डकुमेन्ट र खातापाता लगेको भन्ने सुनिएकोछ, त्यसपछि के भयो जानकारी छैन’ गोरखा उधोग बाणिज्य संघका एक सदस्यले नाम नबताउने सर्तमा भने ।

    निर्माण सामाग्रीमा कर छलि गरेको आशंकामा पोखरा कार्यालयबाट खटिएको बिशेष टोलीले हर्डवेयर पसलहरुबाट खातापाता सहित अन्य कागजात नियन्त्रणमा लिएपनि हालसम्म कुनै रिपोर्ट आएको जानकारी नभएको गोरखा उद्योग बाणिज्य संघले जनाएको छ । ‘केही पसलहरुमा छापा मार्यो भन्ने त सुनेको हो, पछि हामीले पनि बुझ्यौ, करसंग सम्बन्धित सबै डकुमेण्ड लैजानुभएको रहेछ, तर आजसम्म उताबाट कुनै रिपोर्ट आएको छैन’ संघका महासचिव राजुबाबु श्रेष्ठले भने ।

    निर्माण सामाग्रीको मूल्य, ढुवानी र उपलब्धतालाई लिएर भूकम्प पिडितले बारम्बार गुनासो गरेपछि कर कार्यालयले टोली पठाएको हो । कार्यालय श्रोतले भने यो नियमित काम भएको बताएको छ । ‘हामीलाई त टोली आएर छापा मारेकै थाहा भएन, पछि मात्रै थाहा पाएका हौ, कुन कुन पसलहरुमा छापा मा¥यो भन्ने समेत हामीलाई एकिन छैन’ संघका महासिचव श्रेष्ठले भने ।

    यता आफ्नो पसलमा टोलीले छापा मारेको पुष्टि गर्दै चाइनिज धारा स्थित रोश्नी सप्लायर्सका संचालक कृष्ण शाहले आफुहरुसंग सामान्य सोधपुछ मात्र गरेको दावी गर्छन् । ‘हाम्रोमा त्यस्तो खासै केही थिएन, सबै अपडेट नै छ, उहाहरु आउनुभयो, सोधपुछ गर्नुभयो, अनि खरिद बिक्रि खाता लैजानुभयो’ उनले भने ।

    तर स्रोतको भनाई अनुसार कार्यालयले शाहको सप्लायर्सलाई केही दिनअघि नै दश हजार जरिवाना तोकिसकेको छ । शाहसँग प्रारम्भिक अनुसन्धानका क्रममा दश हजार जरिवाना गरेको कार्यालयले पछि जरिवाना रकम बढाउन सक्ने स्रोतको भनाई छ । तर कागजात नियन्त्रणमा लिएका सदरमुकामका अन्य दुई पसलहरुमा भने हालसम्म कुनै रिपोर्ट आएको छैन ।

    जिल्लामा पुनःनिर्माणको मौका छोपेर हार्डवेयर पसलहरुले निर्माण सामाग्रीमा कालोबजारी र मनोमानी मुल्य बृद्धि गरेको भन्दै बेलाबखत सेवाग्राहीबाट गुनासो आउने गरेका थिए । त्यसक्रममा केही समय अघि जिल्ला प्रशासन कार्यालयको टोलीले समेत जिल्लाका हार्डवेयरहरुमा अनुगमन गरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.