×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

ऐजेरुका कारण लाप्राकमा आलुको उत्पादन घट्दो

  •  
  • बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    बैशाख २० गते । कुनै एक समय थियो, लाप्राकमा आलु साट्न तल्लो क्षेत्रका मानिसहरु भरिया लगाएर चालम लिएर जाथ्ये । अहिले त्यही ठाउँ हो, जहाँ आफूले खाने आलु समेत उत्पादन हुन छोडेको भन्दै स्थानीय गुनासो गरेको छन् । ‘यहाँको आलुमा ऐजेरु लागेर सखाप पा¥यो, आलु फल्नै छाड्यो’ लाप्राकका अगुवा कृषक दुलाल गुरुङले भने ‘मान्छेमा लाग्ने एड्स रोग भन्दा खतरा हुँदो रहेछ आलुमा लाग्ने ऐजेरु ।’ आलुको दानामा मानिसको शरिरमा मुसा आए जस्तो समस्या देखिएको उनको भनाई छ ।

    ३/४ वर्ष देखि ऐजेरु देखिन थालेको गुरुङले बताए । कुनै समय लाप्राकको आलु भन्ने बिक्तिकै किन्नेहरुको तछाड मछाड हुन्थ्यो । एक पटक त्यहाँको आलु खाएका आलुका पारखी धेरैको जिब्रोमा अहिले पनि त्यसको स्वाद गडिरहेको छ । त्यहाँ स्थानीय त झन आलु नै मात्र खाएर गुजारा चलाउथे । लाप्राकको मुख्य खेतिबाली रहेको आलु अहिले संकटमा परेको छ ।

    ‘हामी त उसिनेर पनि त्यही आलु खान्थेयौं, आलुकै ढिडो ओडालेर खाइन्थ्यो, अहिले तरकारी खाने आलु समेत फल्न छोड्यो’ गुरुङले भने । लाप्राकका स्थानीयहरु अझ पनि आलु खाएरै गुजारा चलाउँछन् । त्यहाँको मुख्य खेतिबाली एवं खाद्यन्नको प्रमुख स्रोत परम्परागत आलु, बिस्तारै लोप हुन थालेको भन्दै उनीहरु चिन्तित भएका छन् । ‘हाम्रो खेत छैन्, धान खेति हुँदैन, आलु उत्पादन नभपछि खाने कुरा पनि हुँदैन, अब के खाएर बाच्ने ?’ सोही ठाउँका स्थानीय भक्त बहादुर गुरुङले भने ।

    आलुमा उक्त समस्या देखिए पछि कृषि कार्यालयलाई पनि खबर गरेको तर त्यहाँ गएका कृषि प्राविधिकले अहिले खेति गरेको स्थानमा आलु नलगाउन सुझाब दिएको अगुवा कृषक दुलाल गुरुङले बताए,‘कृषिबाट सर आउनु भाथ्यो, यो ठाउँमा ७ वर्ष आलु नलगाउनु भन्नुभाछ, आलु नरोपे के खाने ?’ उनले थपे ।

    स्थानीय जातको आलुमा ऐजेरु नामको रोग लागपछि अहिले त्यहाँ आलुको उत्पादन स्वातै घटेको उनीहरुको भनाई छ । तर जिल्ला कृषि बिकास कार्यालय उक्त कुरा बारे अनविज्ञता प्रकट गरेको छ । ‘त्यहाँ ऐजेरुको समस्या छ भनेर अहिले सम्म एक जना किसानले पनि कार्यालयलाई जानकारी गराउनु भएको छैन्’ जिल्ला कृषि बिकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले भने ‘हामीले लाप्राकलाई आलुको पटक क्षेत्र घोषणा गर्ने तयारी पो गरिरहेका छौ ।’

    यदी ऐजेरुको लागेको भए, त्यहाँको आलु नष्ट गरी अर्को ठाउँबाट बिऊ लगेर खेति गर्नुपर्ने उनको भनाई छ । त्यसबारेमा अध्ययन गर्ने जिल्ला कृषि बिकास कार्यालयले बताएको छ । ‘हाम्रा साथीहरु त्यहीँ हुनुहुन्छ, कस्तो समस्या रहेछ अध्ययन गर्न लगाउँछु, अनि बास्तविकता पत्ता लाग्ला’ उनले भने । ऐजेरुको समस्या प्रमाणीत भए त्यहाँको आलु अयन्त्र लैजान प्रतिवन्ध लगाउनु पर्ने जिल्ला कृषि बिकास कार्यालयका प्रमुख श्रेष्ठको भनाई छ ।

    पहिले आलु बेचेर घर खर्च चलाउनेहरु अहिले आफूले खान आलु समेत फलाउन नसकेको गुनासो गरिरहेका छन । केही किसानले अन्यत्रको आधुनिक बिऊ लगाएर आफ्नो गुजारा चलाउँदै आएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.