कैलासबावु श्रेष्ठ/गोरखा
वैशाख २० गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरी मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य बढेको भन्दै निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो ।
नयाँ मुल्य अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ बढाए पछी प्रति लिटर १०८ रुपैयाँ पर्ने छ भने डिजल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपियाँ बढाए पछी भने डिजेल र मट्टितेल पनि प्रतिलिटर ९० रुपियाँ पुगेको छ ।



