संम्पादकीय
केही दिन यता परेको वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ । अहिले पुर्ननिर्माणको काम जारी छ । विशेषगरी शहरी क्षेत्रमा, त्यसमा पनि गोरखा नगरपालिका भित्र घडेरी खार्ने क्रममा सडकमा आएको हिलो माटोका कारण दुर्घटनाको जोखिम बढाएको छ । गोरखा आँबुखैरनी सडकको धेरैजसो ठाउँमा सडकका दुई तिर घर निर्माण गर्दा घडेरी खार्नेक्रममा नाली समेत भत्किने र बुझिएको देखिन्छ ।
केही समय अघि नगरपालिकाले घडेरी खार्ने क्रममा सडकमा माटो फाले कारवाही गर्ने कुरा सार्वजानिक भएको थियो तर अहिले सम्म उक्त कुरा कार्यान्वयन भएको देखिएको छैन् । अहिले पानी परेकाबेला खडेरी खारेको माटोले सडक हिलाम्मे हुँदा धेरै ठाउँमा चिफ्लिएर स–साना दुरघटना समेत भइरहेका छन् । उक्त माटोले सुकेपछि फ्ना धुलोको उक्तिकै समस्या हुन्छ । त्यस कारण यथाशिघ्र यसको व्यवस्थापनका लागि नगरपालिका र यससँग सम्बन्धित सरोकारवालाहरुले पहल सुरु गर्नु आवश्यक छ । सडक सबैको हो । सबैले यही सडकको बाटो भएर यात्रा गर्नुपर्छ । घर बनाउनेहरुले पनि आफ्नो घर अगाडी त हो भन्दैमा मनलाग्दी गर्न मिल्दैन । सडकको नाली पुरिदिने, सडक छेऊमै निर्माण समाग्री थुपरिदिन, सडकमा फोहार फाल्ने, पानी लगाइदिने जस्ता कामहरु बन्द गर्नुपर्छ । सडक बिकासका पुर्वाधारको पहिलो आधार हो । सरकारले ठुलो धनराशी खर्च गरेर यस्ता सडकहरु निर्माण गरेको हुन्छ । र यो पटक पटक बनाउन सक्ने कुरा पनि होइन् । सडक हामी सबैको सम्पती हो । यसको रेखदेख र सुरक्षा पनि हामीले नै गर्नुपर्छ । सबै जिम्मेवार बनौं ।
सडक सुरक्षामा ध्यान देऊ
सडक सुरक्षामा ध्यान देऊ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


