कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख १९ गते । मे २ तारिख अर्थात राष्ट्रिय सूचना तथा प्रविधि दिवश गोरखामा पनि सम्पन्न भएको छ । तर देश भरी सरकारले यस पटक यो दिवशमा सरकारी कार्यालयको अनिवार्य सहभागिता भनेर पत्रचार गरेको भएता पनि गोरखामा यो दिवशमा सरकारी कर्मचारीको शुन्य उपस्थिती रहेयो ।

राजधानीमो नेपाल सरकारले आयोजना गरी अन्यलाई सहभागी गराउने र अन्य ६६ जिल्लामा कम्प्यूटर एशोसिएसन नेपाल महासंघको आयोजनामा सरकारी कार्यालय अनिवार्य सहभागी हुने सरकारी निर्णय पत्राचार भएता पनि गोरखाको भएको कार्यक्रममा कुनै पनि सरकारी कार्यालयको सहभागिता नभएको जिल्ला शाखा गोरखाका अध्यक्ष प्रेम थापाले बताए ।

शाखाले बुधबार बिहान गोरखा सदरमुकामको पेट्रोल पम्प देखी प्रभात फेरी गरी गोरखा बसपार्कमा सम्पन्न गरेको थियो । प्रभात फेरीमा एशोसिएसन संग सम्वन्धीत र कम्प्यूटर सिक्दै गरेका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।












