मोहसिन अलि मियाँ/गोरखा
बैशाख १९ गते । ऐतिहासिकगोरखा संग्राहालयको काखमा रहेर पनिअत्यन्तफोहोर र अब्यवस्थित रहेको पुरानो बसपार्कमा आइल्याण्ड बन्ने भएको छ । गोरखानगरपालिको लगानीमाबसपार्कमा आइल्याण्ड बन्नलागेको नगरप्रमुख राजनराजपन्तले बताएका छन् । ‘बसपार्क अत्यन्तफोहोर र अब्यवस्थितभयो, यसलाई कसरी ब्यवस्थितबनाउने भनेर हामीले अध्ययनग¥यौ, सबैसंग छलफल ग¥यौ, अनि आइल्याण्ड निर्माणको प्रक्रिया अघि बढायौ’
बसपार्क क्षेत्रमाअब्यवस्थित ढंगले सवारी पार्किङ बढेको र फोहोर मैलाफाल्ने क्रम बढेपछि नगरपालिकाले सो क्षेत्रलाई ब्यवस्थितबनाउनलागेको जनाएको छ । ‘बसपार्क क्षेत्र त डम्पिङ साइट जस्तो पो भयो, सबैले फोहोर ल्याएर फाल्ने, रातीदिशापिसावगरिदिने, अनि गाडीहरु पनि सबै अस्तब्यस्त तरिकाले राखिदिने, अब यो सब रोकिन्छ, हेर्न लायक बन्छ’ नगरप्रमुखपन्तले भने ।
हाल अस्तब्यस्त राखिने गरेका सवारी साधनहरु समेत यस क्षेत्रबाट हटाइने नगरप्रमुखपन्त बताउछन् । अब्यवस्थितपार्किङले संग्राहालय र गोरखा दरबारको समेत सौदर्य बिगारेको उनको भनाई छ । ‘बसपार्कबाट माथी हेर्यो म्युजियमपनि छेक्किन्छ, दरबार पनिनदेखिने, जताततै फोहोरका डंगुरै डंगुर, यसले त गोरखाको परिचय नै बिगार्यो, अबबसपार्क बस स्ट्याण्ड हुन्छ, सबै बस यहाँपार्किङ गर्न पाइदैन’नगरप्रमुखपन्तले भने ।
नगरपालिकाको करिब ७लाखलगानीमाबन्नलागेको आइल्याण्डका पहिलो चरणको काम सुरु भइसकेको छ । पहिलो चरणमा खाल्डो खन्ने, खम्बा गाढ्ने लगायतकाकाम सक्किएको नगरपालिकाले जनाएको छ । यस चरणमा आइल्याण्डमा दुबो लगाउने, आकर्षक लाइट जडान गर्ने, कम्पाण्डिङ गर्ने लगायतकाकामगरिने बताइएको छ ।
यसले जिल्लाको पर्यटन क्षेत्रमा समेत टेवापुग्ने बिश्वास लिइएको नगरप्रमुखपन्त बताउछन् । ‘गोरखाभनेको ऐतिहासिकजिल्लाहो, यहाँ धेरै बाहिरका मान्छे आउछन्, बसपार्कमाओर्लने बित्तिकै मान्छेले जे देख्छन् त्यसले उसलाई भित्रि छाप पारेको हुन्छ, आशा छ अब आइल्याण्ड बनेपछि जिल्लाको पर्यटकिय क्षेत्रमा समेत मद्धत प¥याउछ’ ।
बसपार्कमा आइल्याण्ड बन्ने
बसपार्कमा आइल्याण्ड बन्ने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


