गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर ५ का १६० जना बृद्धबृद्धा सम्मानित भएका छन् । वडा कार्यालयको जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्र्तगत ६० वर्ष उमेर पुगेका १६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा नम्बर ५ को कार्यालयले जानकारी दिएको छ ।
जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्र्तगत सबै वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गरिएको वडा अध्यक्ष रामबहादुर थापा मगरले जानकारी दिए । वडा अध्यक्ष थापामगरको अध्यक्षता भएको उक्त कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, उपप्रमुख बिना कुमारी श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए ।
सम्मानसँगै सामुहिक भोजन समेत गराइएको थापामगरले जानकारी दिए ।




















