गोरखा समाचारदाता
१२१ औ मजदुर दिवसको अवसर पारेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाले मानव सेवा आश्रमलाइ खाद्यान्न सहयोग गरेको छ ।
मंगलवार एक कार्यक्रमका बिच १२ हजार भन्दा बढि मूल्य बराबरको खाद्यान्न सहयोग गरेको मानव सेवा आश्रम गोरखाकी संयोजक सिर्जना ओलीले जानकारी दिइन् । चामल, चिनी, दुध, घ्यू, चाउचाउ, बिस्कुट लगायका खाद्यान्न सहयोग प्राप्त भएको उनले बताईन ।
संगठनका जिल्ला अध्यक्ष शैलेश लामिछाने र उपाध्यक्ष गुणराज पाण्डेले संयुक्त रुपमा उक्त खाद्यान्न आश्रमकी संयोजक ओलीलाइ हस्तान्तरण गरेका हुन् । यसै विच लोकतान्त्रिक महिला समाज हरमटारी गोरखाले पनि ५ हजार बराबरको खाद्यन्न सहयोग गरेको छ ।
समाजका पदाधिकारीहरुको उपस्थितमा चामल, चिनी, दुध, घ्यू, चाउचाउ, बिस्कुट सहयोग हस्तान्तरण गरेको ओलीले जानकारी दिइन् ।


