×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मुआब्जा बितरणका लागि झण्डै डेढ अर्ब रकम बैङ्क दाखिला

  •  
  • आइतबार, बैशाख १६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    बैशाख १६ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले मुआब्जा वितरणका लागि झण्डै डेढ अर्ब रकम बैङ्क दाखिला गरेको छ । यस आर्थिक वर्षमा प्राप्त ५ अर्ब रकमबाट फुजेलका ७ सय २ प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी उक्त रकम बैङ्क दाखिला गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘उहाँहरुको खातामा पठाउने रकमको चेकमा मैले साइन गरिसकेको छु’ उनले भने ‘केही दिनको बैकिङ प्रोसेस पछि उहाँहरुले पैसा पाउनुहुन्छ ।’

    यस आर्थिक वर्षमा गोरखाका लागि प्राप्त ५ अर्ब रकम मध्ये पहिलो चरणमा फुजेलका प्रभावितको खातामा जानेगरी १ अर्ब ४७ करोड रकमको चेकमा हस्ताक्षर गरी वाणिज्य बैङ्क पठाएको बस्नेतले बताए । यस अघि नै रकम पाउने प्रभावितको नाममा राष्ट्रिय बाणिज्य बैङ्कमा खाता खोल्ने काम पनि सम्पन्न भइसकेको छ । साबिकको फुजेल गाबिसका ४०० घरधुरीको भने अध्ययन कार्य सम्पन्न नभइसकेकाले उनीहरुले भने अहिले मुआब्जा नपाउने उनको भनाई छ । ‘फुजेलकै पनि बाटोको सिमाङ्कनमा पर्ने, डुबान भित्र र बाहिर पर्ने जमिनहरुको बारेमा नापीले थप अध्ययन गरिरहेका छ’ उनले भने ‘त्यहाँबाट स्पष्ट भएर आएपछि उहाँहरुले पनि रकम पाउनुहुन्छ ।’

    यसैगरी नाम्जुङ र बुंकोटको पनि आवश्यक तयारी भइरहेकोले नापी र मालपोतले काम सक्ने वित्तिकै प्रभावितलाई रकम दिने प्रशासनको तयारी छ । नाम्जुङमा झण्डै ८० प्रतिशत गुठीको जग्गा रहेकाले अहिलेको प्रावधान अनुसार मुआब्जा वितरण गर्न कठिन छ । ‘गुठीको विषयमा मैले निर्णय गरिदिएको छु भनेर उर्जा मन्त्रीले भन्नुभाछ, त्यो परिपत्र आउने बित्तिकै फुजेलमा पनि रकम जान्छ’ प्रजिअ बस्नेतले भने ।

    उर्जा मन्त्रालयले गुठीको हक विषयमा निर्णय गरेर मोहीलाई शत प्रतिशत मुआब्जा दिने गुठीलाई क्षतिपूर्ति दिने तयारी गरेको उर्जा मन्त्रालय स्रोतले बताएको छ । बुंकोटका प्रभावितका लागि पनि मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको बुढीगण्डकी आयोजना इकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले भने । अहिले मालपोत र नापी कार्यालयले जग्गाको मोठ भिडानको काम सम्पन्न गर्ने चरणमा पु¥याएको उनको भनाई छ । ‘अब यो पाँच अर्ब पैसा चाँही निरन्तर जान्छ, मालपोत र नापीले काम सक्ने बित्तिकै प्रभावितको खातामा रकम पठाउँछौ ।’

    जिल्लालाई प्राप्त ५ अर्ब रकम खर्च गरे थप रकम उपलब्ध गराउने उर्जा मन्त्री वर्षमान पुनले बताइसकेका छन् । उर्जा मन्त्रीले रकम अभाव हुन नदिने आश्वासन दिएको भए पनि कर्मचारी अभावका कारण मुआब्जा वितरणको काम सुस्त हुने देखिएको छ । ‘मैले मन्त्री ज्यूलाई पनि भनेको छु, ठ्याक्कै कामै गरेर पठाउने कर्मचारी चाँही कमै हुनुहुन्छ, मालपोत नापीका साथीहरुले साँझ विहान गरेको कामले मात्र यत्रो रकम बाँड्न सम्भव छैन’ प्रजिअ बस्नेतले भने । जिल्ला प्रशासन, नापी, मालपोत र बुढीगण्डकी आयोजनाको कार्यालयमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।

    गोरखा र धादिङका गरी साबिकका २७ गाबिसको मुआब्जा तोकिए पनि हाल सम्म ६ गाबिसमा मात्र मुआब्जा रकम वितरण भएको छ । गोरखाको घ्याल्चोक, भुम्लीचोक, दबुङ्र्ग र धादिङको सलाङ, मैदी र खरी पहिलो चरणमा मुआब्जा वितरण गरिएको हो । डुबान क्षेत्रकै आरुघाट बजार र खहेरको मुआब्जा भने हाल सम्म तोकिएको छैन् । जिल्ला प्रशासन कार्यालय गोरखाले डुबानक्षेत्रको जग्गालाई ११ भागमा बर्गिकरण गरी प्रतिरोपनी कम्तीमा पाँच लाख २५ हजार देखि बढीमा आठ लाख ३५ हजार रुपैयाँ मुआब्जा दिने निर्णय गरेको छ । गोरखा र धादिङको विच भागमा बन्ने बहुचर्चित १२ सय मेगावटको बुढिगण्डकी जलबिद्युत आयोजनाको लागि जग्गा अधिग्रहण गर्दा ३ हजार ५ सय ६० घरधुरी विस्थापित हुनेछन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.