नरेन्द्र ढकाल/गोरखा
बर्तमान सरकारलाई औपचारिक कार्यक्रमको शिलन्यास र उद्घाटनमा समय खर्च गर्ने छुट नभएको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए । प्रेस सेन्टर गोरखाले शनिवार जिल्ला सदरमुकाममा गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका श्रेष्ठले सरकार सामू जनताको ठुलो भरोसा रहेकाले अहिलेका प्रधानमन्त्री र मन्त्रीहरुलाई समय खेर फाल्ने अधिकार नभएको तर्क गरे । ‘म तपाइँहरु मार्फत भन्न चाहान्छु, हाम्रा प्रधानमन्त्री वा मन्त्रीहरुले शिलन्यास, उद्घाटन र औपाचारिक कार्यक्रमहरुमा अब समय दिनुहुँदैन’ उहाँले भने ‘अब देशलाई कसरी समृद्ध बनाउने हो त्यसैको छलफल र चिन्तनमा लाग्नुपर्छ, अरु कुराका लागि समय दिने छुट छैन् ।’ ६० प्रतिशत जनमत बोकेका दुई कम्न्युष्ट पार्टीले सञ्चालन गरेको सरकारले जनताका पक्षमा धेरै काम गर्नुपर्नेे जिकिर समेत गरे ।
एमाले माओवादी बीचको एकताका विषयमा बोल्दै उनले समानताका आधारमा सम्मानजनक एकता हुने दाबी गरे । एकता पछि दुई पार्टीले कति प्रतिशत भाग पाउने भन्ने कुरा बाहिर चर्चामा आएजस्तो ठुलो कुरा नरहेको उहाँले बताए । ‘त्यस्तो कुनै प्रतिशतमा पनि पार्टी एकता हुँदैन, पार्टी एकता सम्मानजनक एवं समानताको नितिमा हुन्छ’ श्रेष्ठले भने । देशको ६० प्रतिशत जनमत बोकेका दुई ठुला पार्टी बिच एकता गर्दा नेता तथा कार्यकता व्यवस्थापनको कुरा निकै चुनौतिपुर्ण रहेको समेत श्रेष्ठले धारणा राखे ।
विभिन्न प्राविधिक कारणले यस अघि प्रस्ताव गरिएको मितिमा एकताको घोषणा हुन नसकेको उनको भनाइ छ, ‘तिथी नै किटान गर्नु उपयुक्त हुँदैन, २० गते हाम्रा दुई अध्यक्षहरु छलफलमा बस्नु हुन्छ, त्यसपछि एकताको मिति तय हुन्छ ।’ अब कुनै दिवश एवं सन्र्दभ कुरेर बस्नु पर्ने अबस्था नरहेको भन्दै उहाँले जुन दिन घोषणा हुन्छ त्यहीँ दिन नेपालको लागि ऐतिहासिक हुने दाबी गरे ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रणले पार्टी एकता र राष्ट्रिय राजनितिमा कति अर्थ राख्छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले पार्टी एकतालाई उक्त भम्रणसँग जोडेर नहेर्न आग्रह गरे ‘भारतिय प्रधानमन्त्री ज्यू नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ, हामी उहाँलाई हार्दिकताका साथ स्वागत गर्छौ, यो भ्रमणले नेपाल र भारत बिचको मैत्री पुर्ण सम्बन्ध अझ सुदुढ बनाउन योगदान पु¥याहोस भन्ने हामी चाहान्छौ’ उनले भने ‘नेपालको आन्तरिक मामिलामा कसैका हस्तक्षेप स्वीकार्ने दिन गएँ ।’
गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डाक्टर बाबुराम भट्टराईसँग प्रतिनिधि सभा सदस्यमा लागि पराजित हुनभएका नेता श्रेष्ठ पछिल्लो समय संगठन सुदुढीकरण तथा जनसम्र्पक बिस्तारमा समय खर्च गरिरहेका छन ।


