गोरखा समाचारदाता
गोरखाको महटारमा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । सनिबार सिरानचोक गाउँ पालिका–६ को महटारमा भएको ‘बृहत्त निःशुल्क स्वास्थ्य परिक्षण शिवीरमा ५८७ जना सर्व साधारणहरुले सेवा लिएको आयोजक गाँखु समाज गोरखा अध्यक्ष चन्द्र धितालले जानकारी दिए ।

गाँखु समाज गोरखा, नेपाल नेशनल हस्पिटल र नेपाल रेडक्रस सोसाइटी गाँखु उपशाखाको आयोजना तथा उदय श्री चिया र गोर्खाली फर्मा एण्ड क्लिनिक प्रा.लि.को आर्थिक सहयोगमा भएको स्वास्थ्य परिक्षण शिवीरमा फिजिसियन, स्त्रि रोग, सर्जरी, हाडजोर्नी तथा नशा रोग, आँखा, भिडियो एक्सरे तथा ईसिजी सेवा, ल्याब र फार्मेशी सेवा उपलब्ध गराइएको थियो ।

महटारको कृण्ण ज्योती माविको प्राङणमा भएको उत्त शिविरको माओवादी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बिपी र सुगर चेक गरेर कार्यक्रम उदघाटन गरेका थिएँ । कार्यक्रममा सिराचोक गाउँ पालिकाका अध्यक्ष राजु गुरुङ्ग र वडा नम्बर ६ का वडाध्यक्ष नारायण दानीको समेत उपस्थिती रहेको थियो ।

सोही कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले ९० बर्षिय मैन बहादुर तामाङ्गलाई हस्पिटलको कार्ड हस्तान्तरण गर्नुभएको थियो । शिवीरमा सनिबार बिहान घाँस काट्न रुख चढेकी ४९ बर्षिया पबित्रा गुरुङ्ग रुखबाट लडेर सख्त घाईते भए पछि शिवीरमा थप उपचार गरीएको थियो ।


