गोरखा समाचारदाता
नेपाल भारत मैत्री संघ अध्यक्षमा तयाराज गुरुङ चयन भएका छन् । संघका आजिवन सदस्यहरुको प्रथम भेला तथा अधिवेशन तयाराज गुरुङको अध्यक्षतामा २१ मैत्री संघको जिल्ला कार्यसमिती गठन भएको छ ।
जसको उपाधयक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा रामचन्द्र दुवाडी, कोेषाध्यक्षमा सविना धिताल, सदस्यहरुमा खुनप्रसमद रेग्मी, डिल्लीराम रेग्मी, हिराबहादुर थापा,नन्दलाल रेग्मी,बैकुण्ठ अर्याल, ज्ञानकुमार श्रेष्ठ, इन्द्र्रबहादुर श्रेष्ठ,सोमराज गुरुङ, हितबहादुर श्रेष्ठ रहेका छन ।
निवर्तमान अध्यक्ष रामप्रसाद पोखरेलको संयोजकत्व तथा केन्द्रिय सदस्य हरिराम पौडेलको प्रमुख आातिथ्यतामा भएको कार्यक्रममा जिल्लामा सवस्थ्य, शिक्षा र पुर्वाधार निर्माणमा प्राथमिकताका साथ काम गर्ने निर्णय भएको सचिव रामचन्द्र दुवाडीले जानकारी दिए ।
जसमध्ये २ महिला गरी ७ सदस्यको मनोनयन हुन बाकी रहेको छ ।




















