गोरखा समाचारदाता
भूकम्पले भत्काएको धर्मोदय माबि मिरर्कोटको नव निमिर्त भवनको उद्घाटन गरिएको छ ।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले उक्त भवनको उद्घाटन गरेका हुन् । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोगको जाइकाको ऋण सहयोग अन्तर्गत ५ करोड ६१ लाखमा १८ महिनामा निर्मित कुल १३ कक्षाकोठाको ५ भूकम्पप्रतिरोधी भवनको मन्त्री पोखरेलले उद्घाटन गर्दै पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेललाई हस्तान्तरण गरेका हुन् ।
सरकारले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको भन्दै पहिले भुकम्पले भत्काएका सबै भवन पुननिर्माण सक्ने आफ्नो लक्ष्य रहेको बताए । ‘अहिले हाम्रो ध्यान भूकम्पले भत्किएका विद्यालय भवन बनाउनमा केन्द्रित छ, जव पुर्वाधार बन्छ अनि हामी गुणस्तरीय शिक्षामा जोड दिन्छौ’ उनले भने ।
आगामी दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको मन्त्री पोखरेलले बताए ।
तस्बिर सौजन्य सुनिल खड्का


