गोरखा समाचारदाता
४ नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले गोरखा जिल्लाको पुर्ननिर्माणका अबस्था बारे छलफल गरेका छन् । मन्त्री बस्नेतले सोमबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सम्बन्धित कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुलाई बोलाएर जिल्लाको पुर्ननिर्माणको अबस्थाका बारेमा जानकारी लिएका हुन ।
छलफलमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्यव इकाई, जिल्ला शिक्षा कार्यालय पुर्ननिर्माण इकाई, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुखहरुको सहभागिता रहेको थियो । छलफलमा प्राधिकरणका जिल्ला समन्यव इकाईका प्रमुख वेद प्रसाद आर्चायले गोरखा जिल्लामा पहिलो किस्ता लिएका मध्ये ४४ हजार लाभग्राहीको खातामा दोस्रो किस्ताको रकमका पुगी सकेको जानकारी दिए ।
यसैगरी जिल्ला आयोजना कार्यन्वयन ईकाईका प्रमुख राम प्रसाद आर्चायले गोरखामा चालु आर्थिक बर्ष भित्रमा २ सय ५५ बिधालयको पुर्ननिर्माणको काम सम्पन्न भइसक्ने मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । उनले भारतिय दुताबासको सहयोगमा निर्माण हुने भनिएका १० ओटा बिद्यालय मध्ये ३ ओटाको निर्माण प्रक्रिया शुरु गर्न टेण्डर आबहा्न भईसकेको मन्त्री बस्नेतलाई जानकारी गराए । उनले बन्न बाँकी रहेका बिधालय मध्ये २ सय ७३ ओटा बिद्यालयको अहिले पुर्ननिर्माणको काम भइरहेको र ती मध्ये केही बिधालयहरु असार मसान्त सम्ममा सम्पन्न भइसक्ने दाबी गरे ।
छलफलमा जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रोशन श्रेष्ठले आउँदो असार मसान्त सम्ममा दोस्रो किस्ताको रकम लिइसक्नु पर्ने सरकारले अन्तिम मिति निर्धारण गरेकाले आफुहरुले तेस्रो किस्ता भन्दा दोस्रो किस्तालाई प्राथामिकतामा राखेर काम गरिरहेकोे बताए । उनले जिल्लामा हाल सम्म तेस्रो किस्ता लिने लाभग्राहीको संख्या १४ हजार मात्र रहेको भन्दै यो संख्या छिट्टै बढ्ने समेत मन्त्री बस्नेतलाई जानकारी गराए ।
उनले भने अहिले हाम्रा इन्जीनियरहरु दोस्रो किस्ताका रकम प्राप्त गर्ने भुकम्प पिडितहरुको घर नापजाचँमा व्यस्त हुनुहुन्छ, त्यसैले तेस्रो किस्ता लिनेको लाभगा्रहीको संख्या कम देखिन गएको हो ।’ छलफलमा मन्त्री बस्नेतले भुकम्प पिडितहरुले तेस्रो किस्ताका रकम नपाएको गुनासो गरेको भन्दै अनुदान रकम छिटो र प्रभाबकारी ढंगले उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिए ।
‘जिल्लाका भुकम्प पिडितहरुले तेस्रो किस्ताको रकम नपाएको भन्ने गुनासो धेरै आएको छ किन हो तपाईहरुले अलि छिटो हुने गरी काम गर्नु परयो’ उनले भने । जिल्लामा भुकम्प गएको यति लामो समय भइसक्यो अहिले सम्म १ जना पनि सुकुम्बासीले घर बनाउन पाएका छैनन् अनि तपाईहरुले के गर्नुभयो त ? मन्त्री बस्नेतले प्रश्न गरे ।
‘साधारण जनताले यो कागज ल्याएन उ काजग ल्याएन भन्ने होइन तपाई आफैले के(के चाहिन्छ भनिदिनुस घर निर्माणको काम थाल्नुस् अनि मात्र अरुले हाम्रो पनि घर बन्ने रहेछ भनेर आउछन्’ मन्त्री बन्नेतले भने । भुकम्प पिडितका समस्या समाधान गर्न केही अफ्ठेरो जानकारी दिन पनि सवैलाई आग्रह गरेका छन् ।


