नरेन्द्र ढकाल/गोरखा
बैशाख ११ गते । भूकम्प गएको तिन वर्ष बित्न लाग्दा समेत बारपाकमा बन्ने भनिएको संग्राहालय विवाद टुंगिन सकेको छैन् । सुलिकोट गाउँपालिका वडा नम्बर १ को दलित बस्तीलाई समेटर बनाउने भनिएको उक्त पार्क सहितको संग्राहालय दुई पक्ष विच आ–आफ्नै अडानमा छन् । ‘उहाँहरु कोही थातथलो छोड्न तयार हुनुभाको छैन, कोही पार्क बन्छ भने छोडौं भन्नुहुन्छ’ वडा अध्यक्ष रोशन बिकले भने । झण्डै ३० घरधुरी बस्तीलाई स्थानान्तरण गरेर बनाउन लागिएका लाइभ म्युजिम बिषयमा विवाद देखिए पनि स्मृति पार्कको भने प्रक्रिया अगाडी बडिसकेको छ । ‘यो राजनितिक खेल मात्र हो बारपाकमा आएको यति ठुलो अवसर गुमाउनु हुन्न भन्ने पक्षमा हामी लागि रहेका छौं’ लाभइ म्युजिम (संग्राहालय) सहितको स्मृति पार्क बनाउन पर्छ भन्ने पक्षका स्थानीय उत्तम बिकले भने ।
लामो समय देखि विवादमा रहेको उक्त पार्कका विचमा विभिन्न चरणमा छलफल भइसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारी, राजनितिक दलको उच्च नेतृत्व लगायतले पटक पटक छलफल गरिसकेको छ । केही दिन अघि प्रमुख जिल्ला अधिकारी सहितको टोली पनि स्थानीयसँग कुराकानी गरेको थियो । ‘उहाँहरुलाई मिलेर आउँनुस् भनेर धेरै चोटी भने तर विवाद सुल्झिन सकेको छैन, बारम्बार प्रयास भइरहेको छ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ।
स्थानीय जनप्रतिनिधि पनि विवाद मिलाउन लागि परेको बताउँछन् तर केही स्थानीयले आफू जन्मेका ठाउँ छोड्न नमानेको वडा अध्यक्ष बिकको तर्क छ । ‘बन्छ भने राम्रै हुन्छ भन्ने पक्षमा हामी पनि हो तर जन्मेको ठाउँ छोड्न भने पछि कसरी हटाउनु’ उनले भने । तर बनाउनु पर्छ भन्नेहरु तर्फका उत्तम बिक भने असमत स्थानीयलाई वडा कार्यालयले संरक्षण गरेको बताउँछन् ।
यता शहरी आवाश तथा भवन डिभिजन भने स्मृति पार्कका बारेमा सहि सूचना बाहिर आउन नसकेको बताएका छ । गोरखा समाचार दैनिकसँगको कुराकानीमा डिभजन प्रमुख रोशन श्रेष्ठ भन्छन् ‘पार्क निर्माण कार्य अगाडी बढि सकेको छ, अहिले विवादित स्थानमा लाइभ म्युजिम बनाउने कुरामा मात्र सहमती नभएको हो ।’
जस अनुसार स्वच्छन्द होम निर्माण सेवाको बोलपत्र स्वीकृत गरी काम समेत सुरु गरिसेको छ । पार्क बनाउने स्थानमा आवश्यक जमिन सम्याउने, तारबार लगाउने लगायतका काम भइरहेका उनले बताए । ‘विवाद भएपछि हामीले उता पट्टिको कुरा छोडेरअरु काम बढाएका हौ’ डिभिजन प्रमुख श्रेष्ठले भने ।
बाहिर हल्ला भए जस्तो पार्क नबन्ने भने कुरा साँचो नभएको उनको भनाई छ । तर सग्रालयको कुरा भने अहिले तत्काललाई नहुने देखिएको छ । सरकारले केन्द्र बिन्दु बारपाकमा संग्राहालय सहितको पार्क बनाउने निणंय गरेको थियो ।


