×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

पशु क्षति रोक्न उत्तरी गोरखामा बिमा कार्यक्रम

  •  
  • मङ्गलबार, बैशाख ११, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    बैशाख ११ गते । मनास्लु संरक्षण क्षेत्र आयोजनाले उत्तरी गोरखामा पशु बिमा गर्ने भएको छ । पशु क्षति कम गर्ने उदेश्यले पहिलो पटक उक्त बिमा शुरु गर्न लागिएको एम क्यापका आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए । ‘कृषक मारमा परिरहनु भएको छ, उहाँहरुको व्यवसायमा सहयोग पुगोस् भनेर यो कार्यक्रम गर्न लागेका हौं’ उनले भने । विशेषगरी चौरी र भेडा पालनका लागि प्रसिद्ध उत्तरी गोरखामा विभिन्न रोग तथा वन्यजन्तुको आक्रमणबाट वर्षेनी सयौं पशु चौपाय मर्ने गरेका छन् ।

    भौगोलिक रुपमा विकट उक्त क्षेत्रमा चौरी, घोडा तथा खचच्ड वर्षेनी भिरबाट लडेर मर्दा किसानलाई ठुलो आर्थिक क्षति हुने गरेको छ । सोही अनुरुप किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन भन्दै १ लाखको बिमा गर्न लागिएको हो । ‘हामीले ७५ प्रतिशत रकम हालिदिन्छौ, उहाँहरुले २५ प्रतिशत कटिूव्यूसन गर्नुपर्ने हुन्छ’ एम् क्याप प्रमुख लामाले भने । एक लाख रुपैयाँ बराबरको उक्त बिमाका लागि प्रतिपशु १ हजार २५० रुपयाँ शुल्क निर्धारण गरिएको छ ।

    त्यसको २५ प्रतिशत अर्थात ३१२ रुपयाँ ५० पैसा मात्र किसानले तिरे पुग्छ । एमक्यापको समन्वयमा लुम्बीनी र पुडेन्सिएल नाम कम्पनीले बिमा कार्यक्रम सञ्चालन गर्ने छन् । अहिले उक्त कार्यक्रम सञ्चालनका लागि लगत संकलन गर्न संरक्षण क्षेत्र आयोजना तथा उप समितिका पदाधिकारीहरु गाउँ/गाउँ खटाईएको एमक्यापले जनाएको छ । ‘हामी पहिले डाटा संकलन गछौं, अनि बिमा कार्यक्रम सञ्चालन गछौं’ उनले भने ।

    सो क्षेत्रमा चौरी र खच्चड १ लाखमा कारोबार हुन्छ भने सबै भन्दा बढी घोडालाई १ लाख ५० हजार सम्म किनबेच हुने गरेको छ । भेडा, च्याङ्ग्रा भने ८ हजार देखि १० हजार बिक्रिबितरण स्थानीयले बताएका छन् । ‘घोडा, खच्चड, चौरी जस्ता जनवारलाई एकातिर रोगको जोखिम छ भने भिरबाट लडेर पनि उत्तिकै संख्यामा मर्ने गरेका छन’ लामाले भने ।

    भेडा च्याङग्रा र ठुला जनावरको बच्चालाई हिम चितुवा, जंगल कुकुर र कालो भालुले लगायतले मार्ने गरेको पाइन्छ । उत्तरी गोरखामा पशु बिमाको लागि विभिन्न चरणमा संरक्षण क्षेत्र आयोजनाले सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । बिमा गरिएको पशु मरेमा वा जंगली जनावरले खाएमा कानमा लगाएको ट्याङको फोटा उपलब्ध गराए बिमा बापतको रकम क्षतिपूर्ति पाउने व्यवस्था मिलाईएको आयोजना प्रमुख लामाले बताए ।

    उत्तरी गोरखाका केही ठाउँमा भने यस अघि पनि विमा कार्यक्रम गरिएको थियो । दुई वर्ष जिल्ला पशु सेवा कार्यालयको पहलमा छेकम्पारमा ७० भन्दा बढि पशुको विमा गरिएको जिल्ला पशु सेवा कार्यालय गोरखाका प्रमुख जगतबन्दु नेपालीले जानकारी दिए ।

    यसैगरी उत्तरी गोरखामा ढुवानीको प्रमुख माध्यमका रुपमा रहेको खच्चड व्यवसायमा हुने क्षति कम गर्न आरुघाट देखि माछाखोला सम्मका ६३ वटा खच्चडको समेत बिमा गराईएको उनले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, बैशाख ११, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.