×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

समताले बिना स्वीकृती कक्षा ९ र १० चलाएको आशंका

  •  
  • सोमबार, बैशाख १०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    बैशाख १० गते । एसइई परिक्षा दिन काठमाण्डौ जानुपर्छ भने पछि समता शिक्षा निकेतन पढ्ने विद्यार्थी र तिनका अभिभावक शसंकित भएका छन् । गत शैक्षिक सत्रमा कक्षा ९ उत्र्तीण १८ जना विद्यार्थी र तिनका अभिभावकको मनमा अनेक आशंका उब्जिएको छ । ‘प्रिन्सिपल सरले पढ्न त यहीँ पढे हुन्छ तर एसईईको जाँच दिन काठमाण्डौ जानुपर्छ भनेर भन्नु भाको छ’ समता शिक्षा निकेतनको कक्षा १० मा पढ्ने अनिश सिर्मलकी आमा मनिसा परियारले भनिन् ।

    यदी गोरखा बाहिर काठमाण्डौ, चितवन लगायतका समताका शाखामा पढ्न जान सक्ने बताएको विद्यालयलाई उदृत गर्दै अभिभावकहरुले बताएका छन् । ‘अब पैसा खर्च गरेर काठमाण्डौ पठाउन पनि सकिदैन्, फेरी यी केटाकेटीलाई कहाँ पढ्न पठाउँनु हामीलाई त पर्नु पिर परेको छ मनिसाले थपिन ।

    १८ जना विद्यार्थीले कक्षा ९ उत्र्तीण गरेको त्यहाँ पहिलो पटक १० कक्षाको पढाई सुरु भएको हो । तर परिक्षा दिन काठमाण्डौ जानुपर्ने चर्चा बाहिर आएसँगै विद्यार्थी र तिनका अभिभावकहरु अहिले आफ्ना छोरा छोरी लिएर अन्य विद्यालयमा सोध पुछका लागि पुगेका छन् । ‘दश कक्षामा पढ्न मिल्छ कि मिल्दैन भनेर कतिजना अभिभावक त अरु स्कूलमा पनि सोध्नु जानुभएको छ, सबैले मिल्दैन भन्नु हुन्छ रे’ मनिशाले दुखेसो पोखिन् ।

    भर्खरै नौ कक्षा उत्र्तिण अर्का विद्यार्थी दिपेश सुनारलाई अहिले निकै चिन्ता छ । ‘यो स्कूलको एसइई दिने हामी नै पहिलो ब्याज हो, समताका देशभरका विद्यालयहरुले काठमाण्डौ गएर जाँच दिन्छन रे’ दिपेशले भने ‘प्रिन्सिपल सरले हामीलाई पनि काठमाण्डौ जानुपर्छ भन्नुभएको छ ।’ उनका बुबा दिपक सुनार आईतबार छोराले पढ्ने विद्यालय पुगे । दुई घण्टा सम्म विद्यालयमा छोराको भविष्य बारे प्रिन्सिपल सँग कुराकानी गरेका उनी भन्छन् ‘सरले सबै अभिभावकहरुलाई भेला पारेर कुरा गर्छु भन्नु भएको छ, हामीलाई त चिन्ता पो लागिरहेको छ ।’

    समताको उक्त कुरा सार्वजानिक भएसँगै गोरखा सदरमुकामको शैक्षिक वृतमा हल्लिखल्ली मच्चिएको छ । सो बारेमा बुझ्न खोज्दा हामीले पाएको नम्बर बारम्बार फोन गर्दा विद्यालयका पिन्सिपलको फोन उठेन । समताले एसइईका लागि गोरखाका विद्यार्थी काठमाण्डौ लानुपर्छ भनेपछि उसले कक्षा ९ र १० को स्वीकृती नै नलिएको हुन सक्ने आशंका बढेको छ ।

    यसबारेमा हामीले जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीसँग प्रतिक्रिया माग्दा उनले भने ‘उहाँ हल्ला आज मैले पनि सुनेको छ, अबेर जानकारी आएकाले विद्यालयको अभिलेख पनि हेर्न भ्याएको छैन, भोली विद्यालयमा गएर सबै कुरा बुझे पछि प्रतिक्रिया दिन्छु ।’ देश भर सर्व सुलुभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गरेको भनी चर्चामा आएको समता शिक्षा निकेतनले गोरखामा भने अनुमती बिनै कक्षा ९ र १० सञ्चालन गरेको कतिपय विद्यालयका शिक्षकहरुले आरोप लगाएका छन् ।

    विद्यार्थी सरुवाका लागि अनुमती पनि नदिने र एसइई परिक्षा दिन काठमाण्डौ जानुपर्छ भन्ने कुरा गरेँ सँगै अनुमति नलिएको पुष्ठी हुने उनीहरुको तर्क छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख १०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.