मोहसिन अलि मियाँ/गोरखा
कक्षा आठको नतिजा सार्वजानिक भएसंगै गोरखा नगरपालिका र सामुदायिक विद्यालय बिच दुरी बढेको छ । नाम चलेका विद्यालयहरु कै नतिजा निराशाजनक आएपछि कार्यालय र प्रधानाध्यापकहरुको जुहारी चलेको छ । ‘नगरपालिकाले गम्भिर समिक्षा गर्न जरुरी छ, रिजल्ट सबै कम्प्युटरले ग¥यो, केही ब्यवहारिक पक्ष पनि हेरिनुपर्थो’ महेन्द्र ज्योती मावी दरवारमार्गका प्रधानाध्यापक लक्ष्मण आचार्यले भने ।
यस बर्ष कक्षा आठको परिक्षाको उत्तरपुस्तिका नगरपालिकाको कार्यालयमा परिक्षण गरिएको थियो । कार्यालयले केही दिन अघि सार्वजानिक गरेको नतिजा अनुसार सामुदायिक विद्यालयहरुमा अत्यन्त न्युन संख्यामा विद्यार्थी उत्तिर्ण भएसंगै थिए । तर जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुको अवस्था उस्तै रहदा अन्य गाँउपालिकाको नतिजा हेर्दा गोरखा नगरपालिकाको नतिजासंग मेल नखाएको आचार्यको तर्क छ । ‘जिल्लाभरका सबै स्थानीय तहका विद्यालयको हालत उस्तै छ, सबैको रिजल्ट हेरौ न, यहाँको रिजल्टले त कसैलाई नंग्यायो, कसैलाई लुगासम्म लगाइदियो भने कसैलाई सुट पाइण्ट नै लगाइदियो ।’
स्थानीय सरकार भए पश्चात नगरपालिकाले पहिलो पटक कापी जाँचेले पनि यस्तो अवस्था आएको हुन सक्ने प्रअ आचर्य बताउछन् । विद्यालयसंग प्रयाप्त स्रोत साधन नहुनु, शिक्षालाई पूर्ण निशुल्क बनाउन नसक्नुले पनि नतिजामा असर गरेको उनको भनाई छ । त्यस्तै शिक्षक, विद्यार्थी र अभिभावकविच समन्वय नहुनु पनि प्रमुख कारण भएको उनी बताउछन् । ‘केही कमजोरी हाम्रो पनि होला, तर सबै पक्ष जिम्मेवार बन्न जरुरी छ, सरोकारवालाहरु बिच खै कता ग्याप छ कता, सबै सुधारिनुपर्ने देखिन्छ’ प्रअ आचार्यले भने ।
यस बर्षको नतिजाले निक्कै तनाव खेपिरहेका नगरपालिकाका केही विद्यालयहरु भने अरुलाई दोष दिनुभन्दा पनि आफुलाई सुधारेर जानुपर्ने बताउछन् । नतिजा नराम्रो आउनुमा कारण जे सुकै भएपनि अरुलाई दोष दिनुभन्दा आगामी दिनहरुमा नतिजा कसरी राम्रो बनाउने भन्ने तिर लाग्न जरुरी रहेको पाटेचौर स्थित शक्ती मावीमा प्रअ निरजबाबु भट्टराई बताउछन् । ‘नतिजाले हामीलाई साह्रै तनाव बनाएको छ, अब नतिजा त आइगयो, अरुलाई के दोष दिनु ? हामी अनुसन्धानकै क्रममा छौ, अब नयाँ शैक्षिक रणनिति बनाएर अघि बढ्नुपर्छ भनेर छलफल गरिरहेका छौ’
यता नगरप्रमुख राजनराज पन्तले भने उक्त कुराको कडा प्रतिवाद गरेका छन् । ‘उहाँहरु हिजो कै बाटो हिड्न खोज्दै हुनुहुन्छ, अबका दिनमा कुनै हालतमा त्यस्तो हुन दिदैनौ ।’ पन्त भन्छन् ः ‘विद्यार्थी पास हुन त राम्रोसंग पढाउनु प¥यो नि, अरुलाई दोष लगाएर हुन्छ ?’
नतिजालाई सुधारिने मौकाको रुपमा लिन आग्रह गर्दै नगरप्रमुख पन्तले रिजल्टलाई लिएर मिडियावाजी नगर्न चेतावनी दिएका छन् । ‘सबैको यथार्थ चित्र यहि हो, अब सुधारिने भन्दा पनि मिडियावाजी गर्ने होइन यो छुट उहाँहरुमा छैन’ नगरप्रमुख पन्तले भने ।
नगरपालिकाको कार्यालयमा पहिलो पटक उत्तरपुस्तिका परिक्षण भएपनि सबै पारदर्शी रुपमै नतिजा आएको कार्यालयको भनाई छ । ‘हामीले कसैलाई पक्षपात गरेका छैन, गर्ने कुरा पनि होइन, सबै पारदर्शी छ, नियमसंगत छ’ कार्यालयका शिक्षा शाखा प्रमुख सुवास आचार्यले भने ।
नतिजाले सबै विद्यालयको स्तर देखिएको भन्दै शिक्षा शाखा प्रमुख आचार्य भन्छन् ‘ब्यवहारिकता हेरेर कसैलाई पास गर्न सकिने अवस्था छैन, जसले जति लेखेको छ उतिनै अंक पाउने हो, कसैलाई हामीले नंग्याएर लंगिने होइन ।’
केही दिन कक्षा आठको नतिजा सार्वजानिक गरेको नगरपालिकाको कार्यालय भने अहिले मौका परिक्षाको तयारीमा लागेको बताएको छ । कम्तिमा दुइ अनिवार्य बिषयमा सैधान्तिक तर्फ डि प्लस भन्दा कम ग्रेड ल्याएका विद्यार्थीहरुले आगामी ९ गतेदेखि १२ गतेसम्म मौका परिक्षा पाउने आचार्यको भनाई छ ।
नतिजा सार्वजानिक भएसंगै नगरपालिका र विद्यालयबिच जुहारी
नतिजा सार्वजानिक भएसंगै नगरपालिका र विद्यालयबिच जुहारी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


