मोहसिन अलि मियाँ÷गोरखा
बैशाख ४ गते । गत साउन यता जिल्लामा ६ जना बालिका तथा महिला बलत्कारको शिकार बनेका छन् । गत बर्षको साउनदेखि चैत मसान्तसम्म ६ जनाले जबरजस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा मुद्धा दर्ता गराएका हुन् । कार्यालयको तथ्यांक अनुसार १० बर्षिया बालिकादेखि ३५ बर्षकी महिलासम्म बलत्कारमा परेका छन् । जिल्लामा बलत्कारको शिकार बन्नेमा अधिकांश १६ बर्षमुनिका बालिका रहेको प्रहरी कार्यालयको भनाई छ । ‘साउन यताको तथ्यांकलाई हेर्दा जबरजस्तीकरणीमा ६ वटा मुद्धा दर्ता भएका छन्, जसमध्ये ४ जना त १६ बर्षभन्दा मुनिका बालिकाहरु नै छन्’ प्रहरी नायव उपरिक्षक भेषराज रिजालले भने ।
जबरजस्तीकरणीमा पर्नेहरुमध्ये ४ जना १६ बर्षमुनिका छन् भने १ जना १६ देखि २५ बर्ष र १ जना २६ देखि ३५ बर्ष उमेर समुहका छन् । त्यस्तै जिल्लामा साउनयता बलत्कारको प्रयास गरेको भन्दै ८ वटा उजुरी परेका छन् । बिभिन्न बहानामा बलत्कार गर्न खोजेको भन्दै कार्यालयमा ८ जनाले मुद्धा दर्ता गराएको प्रहरीको भनाई छ ।
जसअनुसार ३ जना १६ बर्षमुनिका बालिका छन् भने ४ जना १६ देखि २५ बर्ष उमेरका छन् । त्यस्तै १ जना २६ देखि ३५ बर्षकी महिला रहेको कार्यालयको भनाई छ । ‘बलत्कारको प्रयास भएको भन्दै पछिल्लो समय ८ वटा मुद्धा दर्ता भएका छन्, जसमध्ये ३ जना १६ बर्षमुनिका बालिका छन्’ प्रहरी नायव उपरिक्षक रिजालले भने ।
प्रहरीको तथ्यांक अनुसार अधिकांश बलत्कारको घटना दिनको १२ बजेदेखि बेलुका ६ बजेको समयमा भएका छन् । बालिकाहरु विद्यालयबाट फर्कने, बेलुका धारामा जाने तथा खेतबारीमा जाने समय भएकाले सो समयमा बढि बलत्कारको घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘बलत्कारको घटनालाई अध्ययन गर्दा अधिकांश १२ बजेदेखि बेलुका ६ बजेभित्र भएको देखिन्छ, यो समयमा बालिकाहरु विद्यालयबाट फर्कने, खेतबारीमा जाने, धारामा पानी लिन जाने समय भएकाले यो समयमा बढि घटना भएको हुन सक्छ’ प्रहरी नायव निरिक्षक रिजालले भने ।
प्रहरी कार्यालयको तथ्यांक अनुसार जिल्लामा अघिल्लो बर्षको तुलनामा बलत्कारको घटना भने घटेको देखिन्छ । आर्थिक बर्ष २०७३÷७४ मा जिल्लामा १२ वटा बलत्कारको घटना घटेको प्रहरीसंग तथ्यांक छ । त्यस्तै बलत्कारको प्रयासको घटनामा पनि यस बर्षभन्दा अघिल्लो बर्ष निक्कै बढि देखिन्छ । अघिल्लो बर्षमा १७ वटा मुद्धा जबरजस्ती उद्योग अन्तरगत दर्ता भएको प्रहरीको भनाई छ । ‘अघिल्लो बर्षको दाँजोमा यो बर्ष बलत्कारको घटना केही कम भएको देखिन्छ, अघिल्लो बर्ष त जबरजस्तीकरणीमा १२ र उद्योगमा १७ मुद्धा दर्ता भएर कारबाही अघि बढेको थियो’ रिजालले भने ।
अघिल्लो बर्षको दाँजोमा यस बर्ष बलत्कारको घटना घटेपनि अन्य घटना भने निक्कै बढेको डिएसपी रिजालको भनाई छ । उनका अनुसार घरेलू हिंशा, झैझगडा, चोरी लगायतका घटना भने बढेका छन् ।
यता बालिकाहरु बलत्कारको शिकार बन्नुमा प्रमुख कारण उनिहरुलाई फकाउन सजिलो र छिट्टै लालचमा फस्नु रहेको अधिकारकर्मी एवम अधिवक्ता स्थानेश्वर दुवाडी बताउछन् । त्यस्तै पछिल्लो समय मोबाइल र सामाजिक संजालका कारण पनि उनिहरु बलत्कारको शिकार बनेको उनको भनाई छ । ‘बालिकाहरुलाई लालचमा देखाउन, सफाउन सजिलो र चाँडै बिश्वास गर्ने भएकाले पनि उनिहरु बलत्कारको शिकार बनिरहेका छन्, त्यस्तै पछिल्लो समय मोबाइल र फेसबुकले पनि घटना बढेको जस्तो लाग्छ’ अधिकारकर्मी दुवाडीले भने ।
बलात्कारको सिकार हुनेमा साठी प्रतिशत बालिका
बलात्कारको सिकार हुनेमा साठी प्रतिशत बालिका
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


