गोरखा समाचारदाता
सातौं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सोमबारबाट शुरु भएको छ । दुई वटै क्षेत्रको छनोट प्रतियोगिता सम्पन्न भएसँगै जिल्ला स्तरिय प्रतियोगिता गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिं बस्न्यातले जानकारी दिए । क्षेत्र नम्बर १ विजया भवानी माध्यामिक विद्यालय मकैसिहंमा भएको प्रतियोगिाको उद्घाटन गदै सोही क्षेत्रका सांसद हरिराज अधिकारीले खेल क्षेत्रलाई राज्यले महत्व दिन नसकेको बताए । ‘यस अघि हामी राजनितिक लडाइँमा केन्द्रित थियो, अन्य क्षेत्र जस्तै खेलकुद पनि ओझेलमा परेको थियो’ प्रतिनिधि सभा सदस्य अधिकारीले भने ‘राज्यले अब खेलकुदलाई विशेष महत्व दिनुपर्छ ।’ नेपालमा खेल संस्कतीको विकास हुँदै गरेको भन्दै उनले खेलले विश्वमान चित्रमा नेपालको नाम फैलाउन सहयोग पुग्ने बताए । युवाहरुलाई नकारात्क काम बाट निरुत्साहित गर्दै राष्ट्रप्रेम जगाउन खेल क्षेत्रको भुमिका खेल्न सक्ने अधिकारीको भनाई छ । नेपालको खेलकुद बिकासमा राष्ट्रपती रनिङ्ग प्रतियोगिताले पनि महत्वपुर्ण योगदान पु¥याउने उनको विश्वास गरे ‘समय समय यस्ता खालका प्रतियोगिता गर्न सकियो भने खेलाडीले खेल प्रर्दशन गर्न पाउँछन्, खेल क्षेत्रको विकासमा त्यस्ले अवश्य मद्दत पु¥याउँछन ।’ गण्डकी गाउँपालिका वडा नं. १ स्थित विजया भवानी मा.वि.मा सोमबारबाट सुरु भएको प्रतियोगितामा छात्र तर्फको लङजम्पमा जनशक्ति मा.वि.नामजुङ, लक्ष्मी मा.वि गाईखुर, अन्नपूर्ण मा.वि खोप्लाङ र छात्रातर्फ अन्नपूर्ण मा.वि.खोप्लाङ, भैरवाश्रम मा.वि. फुजेल, रामशाह मा.वि. देउराली क्रमश प्रथम ,द्धितिय र तृतीय भएका छन् ।त्यस्तै एकसय मिटर दौडमा छात्रतर्फ भवानी मा.वि. ठाँटी पोखरी, अकला मा.वि. धुवाँकोट, छात्रातर्फ रामशाह मा.वि. देउराली, अकला मा.वि धुवाँकोट, जीवनज्योति मा.वि. च्याङ्ली क्रमशः प्रथम ,द्धितिय र तृतीय भएका छन् । त्यस्तै सटपुटतर्फ छात्रमा भवानी मा.वि. मान्वु, शैलपुत्री मा.वि पाँचखुवादेउराली, प्रभातकिरण मा.वि.लापु, छात्रा तर्फ लक्ष्मी मा.वि गाईखुर, भवानी मा.वि. मान्वु, जनशक्ति मा.वि. नामजुङ क्रमश प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
१५ सय मिटर दौडतर्फ छात्रामा सुर्योदय मा.वि. घ्याल्चोकका गंगा श्रेष्ठ, भवानी मा.वि ठाँटी पोखरीका गिता गिरी, अमरज्योति जनता मा.वि.का पार्वती शाह र छात्र तर्फ शैलपुत्री मा.विका अनिल गुरुङ, लक्ष्मी मा.वि.का विनोद नेपाली र तारा मा.वि.का बादल नेपाली क्रमश प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, शहिद लखन गाउँपालिका प्रमुख रमेश थापा मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बसन्त गुरुङ, गण्डकी गाउँपालिका वडा नं. १ का अध्यक्ष गिर बहादुर गुरुङ, विजया भवानी मा.वि.का प्रधानाध्यापक डिल बहादुर गुरुङ लगायत मन्तव्य राखेका थिए । प्रतियोगिता तीन दिन सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिं बस्नेतले बताए । यो प्रतियोगिताका विजेताहरु भने प्रदेश स्तरिय प्रतियोगितामा गोरखाको प्रतिनिधित्व गर्नेछन ।
जिल्ला स्तरिय सातौं राष्ट्रपती रनिङ्ग प्रतियोगिता सुरु
जिल्ला स्तरिय सातौं राष्ट्रपती रनिङ्ग प्रतियोगिता सुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















