गोरखा समाचारदाता
च्याङ्लीको कामधेनु गाईपालन केन्द्रका सञ्चालक राजेन्द्रराज पन्तले पुरस्कृत भएका छन् ।
केही दिन अघि पोखराको हेम्जामा आयोजित एक कार्यक्रमका विच उनलाई पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रिय उत्कृष्ट कृषक २०७४ बाट सम्मानित गरिएको हो । प्रदेश नम्बर ४ का कृषि तथा वन मन्त्री लेख बहादुर थापाले नगद २५ हजार र सम्मानपत्रले कृषक पन्तलाई पुरस्कृत गरेको उनका छोरा दिपेश पन्तले जानकारी दिए ।
पन्तले वर्ष २०७४ मा लायन्स सतवार्षिकी समारोह नागरिक अभिनन्दन (कृषि वन तथा पशुपालन क्षेत्र तर्फ)– २०७४ बाट पनि पुरस्कृत भएका छन् । लायन्सले विभिन्न पेशा व्यवसायमा संलग्न १०० जना व्यक्तिलाई दिएको सम्मानका क्रममा उनले पशुपालनको क्षेत्रबाट उक्त सम्मान पाएका हुन् ।
नेपालकै नमूना पशुपालक कृषक पन्तले लामो समय देखि व्यवसायीक रुपमा गाई पाल्दै आएका छन् । पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा उनको फाम सञ्चालनमा छन् । ४ दशक देखि कृषि पेशामा आवद्ध पन्तले एक दर्जन भन्दा बढि सम्मान तथा पुरस्कार पाएका छन् ।




















