×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘विद्युत उत्पादन अनुमतिपत्र रद्द गर्ने चेतावनी’

  •  
  • सोमबार, बैशाख ०३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विद्युत उत्पादन र सर्वेक्षण अनुमतिपत्र लिएका चार सयभन्दा बढी जलविद्युत आयोजनाहरूमध्ये अधिकांशले काम नगरी खोला ओगटेर बसेको पाइएको अधिकारीहरूले बताएका छन्।

    त्यस्ता आयोजनाहरूको कुल अधिकतम क्षमता २० हजार मेगावाटभन्दा बढी भए पनि काम अगाडि नबढेपछि अनुमतिपत्र रद्द गर्ने मनस्थितिमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेको जनाइएको छ।

    तर स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाले कतिपय सरकारी नियम अव्यवहारिक रहँदा समस्या आएको भन्दै आफ्नो बचाउ गरेको छ।

    १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न कडा रुपमा प्रस्तुत हुने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताएका छन्।

    चेतावनी

    त्यस्तैमध्ये एउटा ठानिएको कदममा, पुनले अनुमति लिएर काम अघि नबढाइ आयोजना ओगटेर बसेका कम्पनी तथा व्यक्तिका अनुमतिपत्र रद्द गर्ने चेतावनी दिए।

    काम नगर्नेहरूलाई खारेज गर्दै जसले काम गर्छ त्यसलाई अनुमति दिने खालको व्यवस्था गर्नुपर्छ भनेर स्पष्ट निर्देशन दिईसकेको छु

    वर्षमान पुन, उर्जा मन्त्री

    उनले भने, ”कुनै पनि हालतमा अनावश्यक रुपमा लाईसेन्स ओगट्ने, विक्री गर्ने, लाईसेन्सको खेती गर्ने अवस्था हुनुहुँदैन र त्यस्ता अवस्थाहरूलाई निरूत्साहित गर्नुपर्छ। काम नगर्नेहरूलाई खारेज गर्दै जसले काम गर्छ त्यसलाई अनुमति दिने खालको व्यवस्था गर्नुपर्छ भनेर स्पष्ट निर्देशन दिइसकेको छु।”

    उर्जामन्त्री पुनले अनुमतिपत्र लिएर काम नगर्नेलाई समयसीमा नै तोकेर कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए।

    समस्या

    जलविद्युत

    त्यसरी ‘झोलामा खोला’ राख्ने लगानीकर्तामा अधिकांश स्वदेशी र केही विदेशी रहेको बताइएको छ।

    स्वतन्त्र उर्जा उत्पादकहरूको छाता संस्था इप्पान, कतिपय सरकारी नियम व्यवहारिक नरहेको भन्दै त्यसका कारण ढिलाइ भएको तर्क गर्छ।

    प्रशारण लाइन छैन भने आयोजना कसरी बन्छ? उर्जा खरिद सम्झौता गरिँदैन। बन क्षेत्रमा एउटा रुख काट्न दुई-तीन वर्ष लाग्छ। यस्ता समस्या नसल्टाउने अनि लाईसेन्स मात्र खारेज गर्छु भनेर कसरी समाधान निस्कन्छ।

    कुमार पाण्डे, उपाध्यक्ष, इप्पान

    उक्त संस्थाका उपाध्यक्ष कुमार पाण्डेले भने, ”प्रशारण लाइन छैन भने आयोजना कसरी बन्छ? उर्जा खरिद सम्झौता गरिँदैन। बन क्षेत्रमा एउटा रुख काट्न दुई-तीन वर्ष लाग्छ। यस्ता समस्या नसल्टाउने अनि लाईसेन्स मात्र खारेज गर्छु भनेर कसरी समाधान निस्कन्छ।”

    उर्जा मन्त्रालयका अनुसार हालसम्म सर्वेक्षण अनुमतिपत्र लिएका २९१, उत्पादन अनुमति पत्र लिएका १७०, सर्वेक्षण र उत्पादन अनुमतिका लागि दर्खास्त हालेका ५२ र सञ्चालनमा रहेका ८५ आयोजना छन्।

    यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति लिएर निस्क्रिय बसेका कतिपय आयोजनाहरूमाथि अनुसन्धान तथा कारबाही गरेको थियो।

    विगतमा पनि उर्जामन्त्रीहरूले विद्युत उत्पादन नगर्नेप्रति कडाइपूर्वक प्रस्तुत हुने बताए पनि कार्यान्वयन पक्ष फितलो देखिएको थियो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.