संपादकीय
भूकम्प पछि जिल्ला भित्रिएका एनजिओ/आइएनजिओको काम प्रति धेरैका प्रश्न थिए । उक्त प्रश्न उत्तर नपाउँदै धमाधम संघ सस्थाहरु बाहिरिदै छन् । भूकम्प गएको ३ वर्ष बित्न लाग्दा समेत उनीहरुलाई सही काममा लगाउन नसकिएको सरोकारवालाहरु नै स्वीकाछन् । भूकम्प लगतै साबिकको जिल्लाका सिमित सरकारी कार्यालय सबै गैससको काम निग्रानी गर्न पनि भ्याएका थिए थिएन् त्यो समिक्षाको बिषय होला । एनजिओ÷आईनजिओको काममा निग्रानी गरिरहेको एक हिस्सा अहिले स्थानिय तहको नेतृत्वमा पुगको छ । अब उनीहरुलाई कसरी कहाँ काम लगाउने, पारदर्शी कसरी बनाउने यो सबै जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधीको काँधमा गएको छ ।
जनताको चाहना र आवश्यकता अनुसार उनीहरुलाई कार्यक्रमको स्वीकृति दिने र काम लगाउन सक्नुपर्ने बेला आएको छ । सधै संघसस्थालाई गाली मात्र गर्ने काम दिन नसक्ने अवस्था पनि अब आउँनु हुन्न् । सघं सस्थाको भिडमा हेरै राम्रा सस्थाहरु पनि छन् । उनीहरुले पिडितका पक्षमा थुप्रै राम्रा कामहरु गरेका छन् । तीनीहरुको काम जनताले रुचाएका पनि छन् । जसले स्थानीयको जनजिविकामा मद्दत पु¥याएको छ । त्यस्ता सस्थाहरुलाई पुरस्कृत गर्दै पिडितका नाममा मनपरी गर्नेहरुलाई कानूनी दायरामा ल्याउन अब पहल गर्नुपर्छ । त्यसको लागि स्थानीय तहका नेतृत्वहरुले निकै सुझबुझपुर्ण निर्णय गर्नु आवश्यक छ । संघ सस्थालाई पुनः जिल्लाको आश्यकता अनुसार लगाउने वातावरण सिर्जना गर्ने जिम्मेवारी पनि स्थानीय तहकै काँधमा छ । स्थानीय तहको विकासमा टेवा पु¥याउने खालका कार्यक्रम छनोट गरी उनीहरुलाई आकर्षित गर्नु आवश्यक छ ।
स्थानीय तहलाई एनजिओको आवश्यकता कति ?
स्थानीय तहलाई एनजिओको आवश्यकता कति ?
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


