मोहसिन अलि मियाँ/गोरखा
जिल्लामा बिधार्थी भर्ना अभियान सुरु भएको छ । नया शैक्षिक सत्रको सुरुवात भएसंगै जिल्लाभर आइतबारदेखि निशुल्क भर्ना अभियान सुरु भएको हो । अभियानको आइतबार जिल्ला समन्वय समितीका प्रमुख एवम जिल्ला शिक्षा समितीका संयोजक अशोक कुमार गुरुङले गोरखा नगरपालिका वडा नम्बर १० छेपेटार स्थित तारा माविबाट सुरुवात गरेका हुन् ।
अभियानको उद्घाटन गर्दै प्रमुख गुरुङले बालबालिका देशका कर्णदार भएको र भोलीको नेपालको भविश्य आजका बालबालिकाले निर्धारण गर्ने बताएका छन् । त्यसका लागि बालबालिकाहरुलाई अनिबार्य रुपमा शिक्षा दिलाउनु पर्ने र शिक्षाबाट उनिहरुलाई बञ्चित बनाउन नहुने बताएका थिए ।
इसिडी र कक्षा १० मा एक÷एक जना विद्यार्थी भर्ना गर्दै गुरुङले जिल्लामा भर्ना अभियानको सुरुवात गरेको शिक्षा विकास तथा समन्वय इकाइका उपसचिव कृष्ण प्रसाद सिग्देलले जानकारी दिएका छन् । उनिहरुलाई गुरुङले फुल, अबिर र खादा लगाएर स्वागत गरिएको उनको भनाई छ । ‘आज (हिजो) जिसस प्रमुखबाट भर्ना अभियानको सुरुवात भएको छ, जिल्लाका सबै विद्यालयमा आजैबाट सुरु भएको छ’
तारा मावी शिक्षक अभिभावक संघकी अध्यक्ष सुस्मिता खत्रीको अध्यक्षता भएको कार्यक्रममा वडा नम्वर १० का वडा अध्यक्ष देवी बहादुर बस्नेत, बिद्यालयका प्रधानाध्यापक बाबुराम बिश्वकर्मा लगायतको समेत उपस्थिती रहेको थियो । कार्यक्रमकै अवसरमा जिसस प्रमुख गुरुङले एक जना बिद्यार्थीलाइ बिद्यालय पोशाक दिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
जिल्लाभर शुन्य दशमलव पाँच प्रतिशत बालबालिका विद्यालय बाहिर रहेकाले उनिहरुलाई विद्यालयसम्म ल्याउने उदेश्य सहित अभियान सुरुवात भएको उपसचिव सिग्देलको भनाई छ ।
पहिलो चरणमा बैशाश २ गत बैशाख १४ गते सम्म नियमित भर्ना अभियान संचालन हुने बताइएको छ । त्यस्तै दास्रो चरणमा बैशाख १५ गते देखि ३१ गते सम्म घरदैलो कार्यक्रम मार्फत बिधार्थी भर्ना गराउने कार्यक्रम रहेको इकाईको भनाई छ । ‘पहिलो चरण१४ गते सकिनेछ र त्यसपछि ३१ गतेसम्मलाई द्ेस्रो चरणको अवधी हुनेछ, यस अवधीमा जननिर्वाचित सहितको टोली घरघरमा गएर बालबालिकालाई विद्यालयसम्म ल्याउने वाताबरण बनाउनेछन्’ इकाईका उपसचिव सिग्देलको भनाई छ ।
त्यस्तै तेस्रो चरणमा बिधार्थीहरुलाई विद्यालयमा टिकाई राख्नका लागि अध्ययनलाई बालमैत्री, प्रविधीमैत्री र मनोरञ्जनात्मक बनाउने गरि पहल थालिने बताइएको छ । ‘भर्ना अभियान सकेर हामी विद्यालयको अध्ययन र अध्ययापन सुधारमा लाग्छौ, उनिहरुलाई सहज रुपमा अध्ययापन गराउन विद्यालयसंग समन्वय गरि कार्यक्रम नै अघि बढाउनेछौ’ सिग्देलले भने ।
त्यस्तै सिरानचोक गाउँपालिकाले पनि हामी सबैको इच्छा, निशुल्क अनिवार्य आधारभुत शिक्षा भन्ने मुल नाराका साथ भर्ना अभियान सुरु गरेको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ४ मा रहेको धर्मावती माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका विच अभियान सुरु गरिएको शिक्षा शाखाका स्रोत ब्यक्ति ज्ञानेन्द्र प्रसाद पोखरेलले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले सिरानचोकमा अभियानको सुरुवात गरेका हुन् । अभियान थालनी गर्दै अध्यक्ष गुरुङले गाँउपालिकालाई शिक्षा क्षेत्रमा जिल्लामै नमुना बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
जिल्लामा भर्ना अभियान सुरु
जिल्लामा भर्ना अभियान सुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


