गोरखा समाचारदाता
जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ का स्थानीयले अब सरकारी काममा हुलाक टिकट किन्नु नपर्ने भएको छ ।
वडा अध्यक्ष शरण श्रेष्ठको पहलमा गोरखा नगरपालिका वडा नम्बर ८ का विपिन पोखरेलले एक वर्षका लागि आवश्यक हुलाक टिक सहयोग गरेपछि स्थानीयले उक्त सुबिधा पाएका हुन् ।
पोखरेलले एक वर्षका लागि आवश्यक ५ हजार बराबरको हुलाक टिकट शहिद लखन ७ का स्थानीयलाई सहयोग गरेका हुन् । नयाँ वर्षको बसरमा पारेर वडा कार्यलयले स्थानीयलाई उक्त सुविधा दिएको हो ।
सहयोगदाता पोखरेल जिल्लाका विभिन्न सामाजिक अभियानमा पनि सक्रिय छन् । उनी रोट्रयाक्ट क्लव अफ गोरखा कोषाध्यक्ष समेत हुन ।


