- स्वास्थ्य र शिक्षामा पुर्ण सफल, निजि आवास उत्साहजक
पुनःनिर्माण समिक्षा
नरेन्द्र ढकाल/गोरखा
बैशाख २ गते । वर्ष २०७४ गोरखा जिल्लाका लागि विशेष अर्थ पुर्ण रह्यो । भूकम्पले थला परेको यस जिल्लामा वर्ष २०७३ सम्म पुननिर्माणको कामले गति लिन सकेको थिएन् । तर वर्ष २०७४ मा पुनर्निमाणका कामले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ । यद्यपी अझै पुर्णता पाउन नसके पनि अघिल्लो वर्षको तुलनामा धेरै काम भएको सरोकारवालाहरुले बताए का छन् ।
‘गत वर्ष गोरखा जिल्लाको लािग निकै महत्वपुर्ण रह्यो भुकम्पले भत्किएका ६० प्रतिशत भन्दा बढि घर पुननिर्माण भएको छ’ जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले भने । राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्याङ्क अनुसार ६१ हजार ३१६ लाभग्राही रहेको गोरखामा ५२ हजार ४ सय ४८ घर निर्माधान अबस्थामा रहेका छन् । ती मध्ये ४२ हजार ६ सय ४७ जनाले दोश्रो किस्ताका लागि आवेदन दिएकोमा ४२ हजार ८९ जनाले तोश्रो किस्ताको रकम नै प्राप्त गरिसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । यसै गरी १६ हजार ५ सय ८ लाभग्राहीले घर निर्माण कार्य सम्पन्न गरी तेश्रो किस्ता माग गरेकोमा १५ हजार ९७० जनाले तेश्रो किस्ता समेत पाइसकेका छन् ।

‘अनेक समस्याका विच पनि गत वर्ष पुननिर्माणको कामले गति लिन सफल भएको छ, वर्षको अन्त्यतिर निजि आबास तर्फ ठुलो सफलता प्राप्त भएको छ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने । निजि आवास पुननिर्माणको कामलाई तिब्रता दिन सरकारी कार्यालय र बैङ्कहरुले गरेको प्रयासमा केही प्राविधिक समस्या देखिए पनि जनताले उत्साह पुर्वक घर बनाएको प्रजिअ बस्नेतको भनाई छ । ‘हामीले सरकारी कार्यालयको छिटो छरितो गर्ने भनेका थियौं, विभिन्न प्राविधिक कारण उक्त कुरा पुरा गर्न सकिराखेको छैन्, बैङ्कहरुमा देखिएको समस्या पनि पुरै हल भएको छैन’ उनले भने ‘तर जनताले दुःख साथ पनि घर बनाउने कामलाई तिब्रता दिनुभएको छ, यो निकै सकारात्मक कुरा हो ।’ यो वर्षको वर्खा अगाडी नै बाँकी पिडितले घर बनाउने विश्वास बस्नेतको छ ।

वर्ष २०७४ भित्र दुई चर्चित नमूना बस्तीहरु एनआरएनएले लाप्राकको गुप्सीपाखामा एकिकृत नमूना बस्ती र भिमसेन ५ वगुवामा एकिकृत मिलन बस्ती निर्माणको कामले समेत गति लिएको छ । लाप्राकमा गत वर्ष नै निर्माण कार्य सक्ने भनिए पनि हाल सम्म काम भइरहेको छ भने बगुवामा जग्गा केही समय अघि बाट घर निर्माण कार्य शुरु भएको छ । भूकम्प गएको ३ वर्ष बित्न लाग्दा समेत जिल्लामा बस्ती स्थानान्तरणको कामले गति लिन सकेन । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, खानी तथा भुर्गभ विभागले सर्बेको काम बाहेक अरु केही गरेन । यद्यपी अहिले सम्म जिल्लाका कुनकुन बस्ती कहाँ स्थानान्तरण गर्ने भन्ने एकिन तथ्याङ्क सार्वजानिक भइसकेको छैन । यसैगरी भूमिहिन भुकम्प पिडितले लालपुर्जा नभएका कारण घर बनाउन पाएका छैन् । लाभग्राही सूचीमा नाम समावेश नभएका भुकम्प पिडितले पनि घर बनाउन सकेका छैन । प्राधिकरणले गरेको पुर्नसर्वेक्षणको नजिता सार्वजानिक नहुँदा उनीहरु अझै अन्यौलमा छन् । स्थानीय तह मार्फत उनीहरुको गुनासो संबोधन गर्ने भनिए पनि अहिले सम्म उक्त कुरा आधिकारीक रुपमा बाहिर आएको छैन ।
सार्वजानिक पूर्वाधार विकास
सार्वजानिक पूर्वाधार बिकास तर्फ वर्ष २०७४ सबै भन्दा सफल देखिएको छ । विद्यालय र स्वास्थ्य चौकी पुर्ननिर्माण झण्डै शत प्रतिशत नजिता निस्किएको छ । भूकम्पले भत्काएका ५५ वटा स्वास्थ्य चौकी मध्ये ५२ वटा निर्माण सम्पन्न भइ हस्तान्तरण भइसकेको छ । ‘स्वास्थ्य चौकी पुननिर्माण काम लगभग सकिएको छ, अब ३ वटा मात्र हस्तान्रण हुन बाँकी छ, ती पनि बनिसकेका छन्’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भने ।
अब माछिखोला, लाप्राक, आरुआरुवाङ स्वास्थ्य चौकी निर्माण सम्पन्न भई हस्तान्तरणको क्रममा रहेको पराजुलीले बताए । स्वास्थ्यमा बनेका अधिकाश अस्थायी प्रकृतिको संरचना बनेका भएपनि अहिलेको आवश्यकता अनुसार प्रयाप्त छ । ‘अहिले बनेका १० वटा मात्र स्थायी प्रकृतिका छन्, अन्य सबै सेमी पर्मानेन्ट खालका छन्, अहिले तत्काल लाई समस्या टरेको छ’ उनले भने ।

भूकम्पले भत्काएका विद्यालय भवन पुनर्निमाणको काम अन्य क्षेत्रको तुलनामा निकै उच्च देखिएको छ । निजि आवास अनुदानमा ६० प्रतिशत प्रगति हुन नसकेका बेला झण्डै ८५ प्रतिशत विद्यालय भवन पुनर्निमाण भएका जिल्ला शिक्षा कार्यालयले बताएको छ । ‘अब ७ सय ७० कक्षा कोठा मात्र बन्न बाँकी छ, कक्षाकोठा पुनर्निमाणलाई हामीले बिशेष जोड दिइरहेका छौ’ जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने । भुकम्पले ४ हजार २ सय ४७ कक्षा कोठा पुर्ण रुपमा भत्काएकोमा हाल सम्म २ हजार ३ सय ७३ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी २ हजार १ सय ९५ कक्षा कोठा पुनर्निमाणको काम भइरहेको जिशिअ सुवेदीले बताए ।
खानेपानीको क्षेत्रमा पनि उल्लेख्य उपलब्धी भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जानकारी दिएको छ । भूकम्प पछि जिल्लामा सरकारी र सघंसस्थाको प्रयासमा करिब ८ हजार खानेपानी आयोजना निर्माण गरी १६ हजार भन्दा बढि घरमा धारा जोडिएको डिजिभन प्रमुख रत्न लामिछानेले जानकारी दिए । ‘कार्यालयको नियमित कार्यक्रम, भुकम्प पछि आएका संघसस्थाहरुको मद्दतमा हामीले धेरै काम गर्न सफल भएका छौ, अझै केही काम अन्डर कन्ट्रसन मै छन्, त्यसपछि झनै परिणाम देखिन्छ’ उनले भने ।
यसैगरी कृषि कार्यालय अन्तर्गत भूकम्प पिडित किसानहरुका लागि विभिन्न सहयोग, अनुदान कार्यक्रम, कृषि संकलन केन्द्र निर्माण लगायतका महत्वपुर्ण काम भएको जिल्ला कृषि कार्यालयका प्रमुख याम कुमार श्रेष्ठले जानकारी दिए । यसैगरी शहरी आवास तथा भवन डिजिजन, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण घरेलु तथा शाना बिकास समिति लगायतका पहलमा दक्ष कालिगड तालिम प्रदान गर्ने देखि गाउँगाउँमा विभिन्न खालका प्रविधी हस्तान्तरण गर्ने काममा समेत महत्पुर्ण सफलता मिलेको उनीहरुले बताएका छन् ।
साँस्कृतिक सम्पदा पुर्ननिर्माणको कामले भने वर्ष २०७४ मा आशातित उपलब्धी हासिल गरेको छैन् । वर्षको अन्तिममा नेपालकै ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माणको काम थालिएको छ भने केही वर्ष अघिबाट निर्माण कार्य शुरु गरिएको मनकामना मन्दिर जिर्णोद्धार कार्य २०७४ सालमा सम्पन्न हुन सकेको छ ।
यद्यपी निर्माण कार्र्य अन्तिम चरण पुगेको मन्दिर जिर्णोद्धार समितीले जनाएको छ । भूकम्पले भत्काएका मन्दिर, मस्जित, गुम्बा लगायतका सरचना पुननिर्माणको काम भने बाँकी नै रहेको सरोकारवालाहरुले बताएका छन् । समग्रमा भुकम्प गएपछिको तेश्रो वर्ष २०७४ पुर्ननिर्माणका हिसाबले सफल नै देखिएको छ । गत वर्ष पुरा हुन नसकेका कामले यस वर्ष पुर्णता दिएर भूकम्प पछिको पुर्ननिमार्णको काम टुग्याउन लाग्नुपर्ने देखिन्छ ।


