मोहसिन अलि मियाँ/गोरखा
गोरखा जिल्लामा पहिलो पटक आर्थिक गणना शुरु भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याङ बिभाग राष्ट्रिय आर्थिक गणना हिजो १ गते देखि शुरु भएको जिल्ला तथ्याङ कार्यालय गोरखाका प्रमुख यज्ञमूर्ति भण्डारीले जानकारी दिएका छन् । संघ प्रदेश तथा स्थानिय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्बन्धी बर्तमान अबस्था र यसका बित्तिय पक्ष सहित आधारभूत तथ्याङकहरु उपलब्ध गराउन आर्थिक गणना शुरु गरिएकोे प्रमुख भण्डारीले जानकारी दिए । तथ्याङक संकलनको पहिलो दिन शनिबार गोरखा नगरपालिका वडा नम्बर ८, १२ त्यस्तै पालुंटार नगरपालिकाको ६, भिमसेन ४ लगायत गाउँपालिकाहरुबाट संकलनको काम शुरु भएको उहाँले बताएका छन् ।
योजना तर्जुमा र नीति निर्माण गर्न, राष्ट्रिय लेखा प्रणालीको सुदृढिकरण गर्न, व्यवसाय बिस्तार सम्बृद्धिको नीति तथा योजना तर्जुमा गर्न महत्वपूर्ण योगदान पुग्ने उद्देस्यले आर्थिक गणना गर्न लागिएको हो । जिल्ला तथ्याङ कार्यालयका प्रमुख भण्डारीका अनुसार यस गणनामा गोरखामा क्रियाशिल सवै आर्थिक इकाईहरु (प्रतिष्ठान तथा व्यवसायहरु) को ठेगाना, दर्ता तथा स्वामित्व स्थिती, व्यवसाय सन्चालन अबधी, व्यवसायको प्रकार, मुख्य क्रियाकलाप लगायत सम्पूर्ण विवरणहरु लिइने बताइएको छ ।
नेपालको इतिहासमा पहिलो पटक हुन लागेको यस गणनामा कागजी प्रश्नावली, फारमका साथै अनलाईन सर्वेक्षण मार्फत उत्तरदाताले आफ्नो व्यवसायको बिबरण आफै भर्न सक्ने र गणक मार्फत ट्यावलेट कम्युटर प्रयोग गरी गणना गर्न सकिने बिधि अपनाइने भण्डारीको भनाई छ । गणनाका लागि गोरखा जिल्लाका ११ स्थानिय तहका लागि ३८ जना गणक र ५ जना सुपरीबेक्षक परिचालन गरिएको उनले बताएका छन् ।
यस खालको गणनाले गोरखाको आर्थिक क्रियाकलाप अनुसारको प्रतिष्ठानहरुको कुल संख्या, प्रतिष्ठानहरुको बैधानिक स्थिती सम्बन्धी तथ्याङक, क्षेत्रगत प्रतिष्ठानको घनत्व, रोजगारीको स्थिती जस्ता सूचकहरु प्राप्त हुने बिश्वास लिइएको र आगामी जेठ मसान्त सम्म गणना सकिने कार्यालयको भनाई छ ।
आर्थिक गणना सुरु
आर्थिक गणना सुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


