गोरखा समाचारदाता
सनातन हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुर्नस्थापनाका लागि राप्रपाले गोरखकाली मन्दिरमा संकल्प सहितको पूजा सम्पन्न गरेको छ ।
शनिबार राप्रपा गोरखाको संयोजनमा कालो बोका चढाएर संकल्प पूजा गरिएको सचिव सुदिप ढकालले जानकारी दिएका छन् । करिब ३० मिनेट चलेको पूजाको संकल्प सचिव ढकालले नै लिएका छन् ।
पुजा कार्यक्रममा राप्रपाका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । पूजा पश्चात नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम समेत सम्पन्न गरेको छ ।
पार्टीलाई आगामी दिनमा नयाँ सिराबाट अघि बढाउने बारे समेत कार्यक्रममा छलफल भएको सचिव ढकालले जानकारी दिएका छन् ।


