संपादीकय
गोरखा नगरक्षेत्रको फुटपाथ व्यवस्थित बनाउने अभियान सुरु भएको थियो । एक समिति नै बनाएर अध्ययन गरिएछ । समितिले नगरपालिकालाई प्रतिवेदन समेत बुझाई सकेको छ । नगर प्रमुख आफैले अव्यवस्थित रुपमा बनेका टहराहरु भत्काएर फुटपाथ व्यवस्थापनको काम थालेका थिए । उक्त कार्य भएको महिना दिन बित्यो । अहिले सम्म उक्त कार्यले निरन्तता पाउन सकेको छैन् । काम सुरु गरेको नगरपालिका के मा अल्झियो भन्ने जिज्ञासा धेरैको छ । यो विचमा नगरपालिकाले जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संस्था गोरखा उद्योग वाणिज्य संघसँग बारम्बार छलफल गरेको श्रोतको भनाई छ ।
जिल्लाका व्यापारी व्यवसायीको असहयोगका कारण नगरपालिकाले फुटपाथ व्यवस्थापनलाई अगाडी बढाउन नसेकेको हो भन्ने आशंका पनि उब्जिएको छ । कतै सोही कारणले त नगरपालिकाले खुट्टा कमाउँदै छैन भन्ने कतिपयको आंशका छ । लामो समय देखि अस्तव्यस्त रहेको जिल्लाको फुटपाथ व्यवस्थापनमा नगरपालिकाले केही गर्छ की भनेर आश गरेकाहरुले निराशा व्यक्त गरेका छन् । प्रचलित नियम र कानूनका आधारमा व्यवसायीलाई व्यवसाय गर्ने वातावरण सिर्जना गरी आफूले थालेको कामलाई पुर्णता दिन नगरप्रमुख राजनराज पन्तले गम्भिर भएर सोच्नु पर्छ । हुन त उक्त कार्यका आवश्यक तयारी भइरहेको होला । अनि जिल्ला सदरमुकाममा व्यापार व्यवसाय गर्नेहरुले पनि नगरपालिकालाई सहयोग गर्नु आवश्यक छ । फुटपाथ व्यवस्थापन गर्दा बिस्तापित हुने साना व्यापारीहरुलका लागि पनि नगरपालिकाले बैकल्पिक स्थानको प्रबन्ध गर्नु आवश्यक छ । उक्त कार्य पनि सँगसँगै गर्नु जरुरी हुन्छ । फुटपाथ व्यवस्थापनका लागि नगरपालिकाले थालेको काम राम्रो छ । यसलाई पुर्णता दिनुपर्छ खुट्टा कमाउन हुन्न ।
खुट्टा नकमाऊ
खुट्टा नकमाऊ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


