नरेन्द्र ढकाल/गोरखा
चैत्र २९ गते । एक घर एक धारा कार्यक्रम अन्र्तगत जिल्लाका १६ हजार भन्दा बढि घर धुरीमा खानेपानी सुबिधा पुगेको छ । नेपाल सरकार खानेपानी तथा ढल निकास बिभाग, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र विभिन्न संघसस्थाको पहलमा हाल सम्म १६ हजार १ सय घरमा धारा जडान गरिसकिएको छ ।
‘अहिले कार्यालयमा उपलब्ध तथ्याङ्क हेर्दा १६ हजार भन्दा बढि घरधुरीमा धारा जोडिसकिएको छ’ जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख रत्न लामिछानेले भने ‘धेरै ठाउँमा धमाधम काम भइरहेको छ, केही समय भित्रै यो तथ्याङ्क बढ्छ ।’ यस अघि बनाइएका खानेपानी आयोजनहरुमा सार्वजानिक धारा राख्दा ती आयोजनाहरु टिकाउ नभएपछि नयाँ बनेका योजनाहरु एक घर एक धारा कार्यक्रम अनिवार्य गरिएको हो ।
‘खानेपानीमा राज्यले ठुलो लगानी गर्दा समेत प्रतिफल देखिन सकेन, त्यसैले अहिले एक घर एक धारा कार्यक्रमलाई अनिवार्य बनाइएको छ’ उनले भने । पहिले बनेका सामुदायिक धाराहरुलाई पुर्ण रुपमा प्रतिस्थापन गर्ने राज्यको योजना छ । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले जिल्लाका धेरै खानेपानी आयोजनामा क्षती पुगेको थियो भने कतिपय ठाउँमा पानीका मुहान नै सुकेका थिए ।
त्यस पछि सरकारी तथा गैरसकारी क्षेत्रबाट प्राप्त सहयोगका आधारमा एक घर एक धारा कार्यक्रमलाई अगाडी बढाइएको हो । ‘नयाँ बन्ने धाराहरु सबै एक घर एक धारा कार्यक्रम अनुसार नै बनाउनु पर्ने हामीलाई निर्देशन थियो, सोही अनुरुप यो काम भएको हो’ लामिछानेले भने । जस अनुसार खानेपानी कार्यालयले झण्डै ४४ सय खानेपानी आयोजना निर्माण गरेको छ भने केही आयोजना निर्माणाधिन छन् ।
भुकम्प पछि जिल्लामा आएका विभिन्न संघसस्थाको सहयोगमा सोही मात्रामा आयोजनाहरु बनेको ती कार्यालयले बताएको छ । ‘असार मसान्त सम्म धेरै आयोजनाहरुको निर्माण कार्य सकिन्छ त्यसपछि पुर्ण तथ्याङ्क पनि प्राप्त हुन्छ’ लामिछानेले भने । ४/५ घरले प्रयोग गर्ने साना देखि १२ सय घर धुरीले प्रयोग गर्न मिल्ने खालका खानेपानी आयोजनाहरु बनाईएको खानेपानी कार्यालयले बताएको छ । जस अनुसार कार्यालय र अक्र्सफामको साझेदारीमा बुंकोटको कोटकाली, खानेपानी कार्यालय मार्फत पालुंटार खानेपानी आयोजना, कार्यालय र केयर नेपालको साझेदारीमा लाप्राक र केयर नेपालले बारपाकमा ठुला खालका आयोजनाहरु निर्माण गरिरहेको लामिछानेले जानकारी दिए ।
‘ती आयोजनाहरु ४/५ सय देखि हजार/१२ सम्म घर धुरीलाई सेवा दिन सक्ने ठुला खालका हुने’ उनले भने । यस अघि नै एक घर एक धारा अन्तर्गत निर्माण भएको पृथ्वीनारायण शाना सहरी खानेपानी आयोजनाले जिल्ला सदरमुकामका हजार भन्दा बढि घर धुरीमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ । उक्त आयोजनाले जनताको माग थेग्न नसकेपछि बृहत दरौदी लिफ्टिङ खानेपानी आयोजना निर्माणको काम पनि सुरु भइसेकको छ ।
‘नेपाल सरकारको एक घर एक धारा नितिलाई कार्यान्वयन गराउन हामी लागिपरेका छौं, अब बन्ने सबै संरचना सोही मोडलमा बन्दै छ’ लामिछानेले भने । मुलक संघियताम गए सगै जिल्लामा रहेका कार्यालयहरुको संरचना नरहने भएपछि खानेपानीको काम अब केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्यवमा अघि बढ्ने भएको छ । ‘साना खालका योजनाहरु स्थानीय तहले बनाउछन्, ठुला रणनितिक महत्वका योजनाहरु प्रदेश र केन्द्र सरकारले बनाउने मोडालिटी छ’ उनले भने ।
सोही अनुरुप पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका करिब ३२ सय घर धुरीलाई खानेपानी सुबिधा पु¥याउने उदेश्यले लिगलिग चेपेखोला खानेपानी आयोजना निर्माणका लागि खानेपानी बिभागमा प्रताव पठाइएको कार्यालयले बताएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता समिति निर्माण गरी उक्त धारा बनेका सबै आयोजनाहरुमा र्ममत संभार कोष बनाईको छ भने केही उपभोक्तालाई आधारभुत तालिम समेत दिइएको कार्यालयले जानकारी दिएको छ ।
जसले गर्दा खानेपानी आयोजना दिगो बन्ने विश्वास लिइएको छ ।




















