गोरखा समाचारदाता
राष्ट्रिय सभा सदस्य सुरेन्द्रराज पाण्डेले खेलाडीलाई आवश्यक प्रोत्साहन नपुगेको बताएका छन् ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगत क्षेत्र नम्बर २ को छनौट खेलको उद्घाटन गर्दै खेलाडीलाई प्रोत्साहन गर्न बिभिन्न प्रतियोगिताहरु आवश्यक रहेको बताए । ‘हामिले खेल्दा यस्तो अबस्था थिएन, अहिले धेरै परिवर्तन भएको छ, तर यसले पुगेको छैन’ पाण्डेले भने । खेलले व्यक्ति र राष्ट्रको पहिचान गराउने भएकाले अहिले खेल क्षेत्रमा आकर्षण बढेको भन्दै गाउँ÷गाउँमा हुने राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताले नयाँ खेलाडी जन्माउन सफल रहने विश्वास व्यक्त गरे ।
‘यो प्रतियोगिताले होनाहार खेलाडीको पहिचान गराउन सफल रहनेछ भन्ने मेरो विश्वास छ, सयम÷समयमा यस्ता प्रतियोगिताहरु भइराख्नु पर्छ’ पाण्डेले भने । क्षेत्र नम्बर २ का संयोजक प्रविण बोगटीको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य सुरेन्दराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा पालुङटार नगरपालिकाकी उपप्रमुख पंफा बसेल, वडा नम्बर ५ अध्यक्ष राजेन्द्र पाण्डे, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बसन्त गुरुङ, उपाध्यक्ष शान्तसिंह बस्नेत, विद्यालयका प्रधानाध्यपक ओजराज गिरी लगायत मन्तव्य राखेका थिए ।
३४ विद्यालयका विद्यार्थी सहभागी उक्त प्रतियोगितामा छात्र र छात्रा दुबैको एथ्लेटिक्स, कबडी, भलिबल लगायतका खेलहरु हुने जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष बस्नेतले जानकारी दिए । ३० गते सम्म चल्ने प्रतियोताका बिजेता खेलाडीले जिल्ला स्तरिय राष्टूपती रनिङ शिल्ड खेल्न पाउने छन ।


