गोरखा समाचारदाता
नेपाली कांगेसका नेता स्वर्गीय खुम बहादुर खड्का प्रति नेपाली कांग्रेस गोरखाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
१३ औ दिनको पुण्य तिथिको अबसरमा एक कार्यक्रम गरी नेता खड्का प्रति श्रद्धाञ्जली र उनको परिबारलाई समबेदन प्रकट गरेको क्षेत्र नम्बर २ का सभापती गोबिन्द गुरुङले जानकारी दिए ।
जिल्ला सभापती हरी बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य एवं गोरखा नगरप्रमुख राजनराज पन्त, उपप्रमुख विना कुमारी श्रेष्ठ, जिल्ला सह सचिव नारायण लामिछाने, क्षेत्र २ का सभापती गोबिन्द गुरुङ, धार्चे गाउँपालिका की उपाध्यक्ष फूलमायाँ गुरुङ, महासदिवेशन प्रतिनिधि ओम गुरुङ, नेपाल विद्यार्थी संका जिल्ला अध्यक्ष रुप बहादुर गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पूर्व महामन्त्री एवं हालका केन्द्रिय सदस्य समेत रहेका नेता खड्काले नेपाली कांग्रेस र प्रजातन्त्रको लागि दिएको योगदान कहिल्यै भुल्न नहुने बताएका थिए ।


