गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर १० छेबेटारमा जारी श्रीमद् भागवद महायज्ञमा बुधबार एकै दिनमा १० लाख भन्दा संकलन भएको छ ।
स्थानीय तारा माविको शैक्षिक उन्नयनका लागि गरिएको महायज्ञमा बुधबार १० लाख २६ हजार ५०० रुपयाँ संकलन भएको विद्यालयका लेखापाल प्रबिन खत्रीले बताए ।
यज्ञको सातौ दिन सम्म आइपुग्दा २२ लाख ६९ हजार ३४७ रुपयाँ संकलन भएको छ । हाल सम्म सबै भन्दा बढि गोरखा नगरपालिका वडा नम्बर १० छेबेटारका प्रदिप कुँवरले १ लाख ५० हजार, व्यवसायी सुरेन्द्र कुँवरले १ लाख ११ हजार १११, राजेन्द्र बाबु श्रेष्ठले १ लाख १ हजार ५०५ रुपयाँ दान गरेका छन् ।
वडा अध्यक्ष देविबहादुर बस्नेत, कमलनारायण श्रेष्ठ, बसन्त श्रेष्ठ, सुनिल श्रेष्ठ, बिनोद पन्त, सिताराम थापा, ग्रिस बस्नेत, लगायत १० जना भन्दा बढिले जनही ५० हजार रुपैयाँ सहयोग गरेको विद्यालयका लेखापाल खत्रीले बताए । सहयोग गर्नेहरुलाई पन्चेबाजा बजाएर बजार परिक्रमा गराइएको थियो । महायज्ञमा कथा शिरोमणी दिपक प्रसाद पौडेलले बाचन गरेका थिए ।
महायज्ञ आज समापन गरिने आयोजकले बताएको छ ।


