×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

तातोपानी नाका ‘छिट्टै खुल्ने’ नेपालको आशा

  •  
  • मङ्गलबार, चैत २७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    भूकम्पले तातोपानी क्षेत्रमा दुई देशबीचको सीमा जोड्ने ‘मितेरी पुल’मा समेत क्षति पुर्‍याएको बताइएको छ।

    तातोपानी क्षेत्रमा चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण थालेपछि २०७२ सालको भूकम्पपछि बन्द त्यो नाका अब छिट्टै खुल्ने आशा नेपाली अधिकारीहरूले व्यक्त गरेका छन्।

    नेपालको एक उत्तरी सीमा नाका तातोपानी क्षेत्रमा चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माणको काम थालेसँगै नेपाली अधिकारीहरू ‘अब तातोपानी नाका छिट्टै खुल्ने छ’ भन्ने अपेक्षाका साथ उत्साहित भएका छन्।

    २०७२ सालको भूकम्पले नराम्रो क्षति पुगेपछि तिब्बतको खासा बजार जोड्ने तातोपानी नाका बन्द हुन पुगेको हो।

    फलस्वरूप त्यसक्षेत्रबाट वर्षौंदेखि हुने गरेको हिमालय सीमापार व्यापार व्यवसाय ठप्प हुन पुग्यो।

    पूर्वाधार

    अहिले तातोपानी क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको काम शुरू भए पनि उक्त व्यापारिक नाका खोल्ने विषयमा चिनियाँ अधिकारीहरूले औपचारिक जानकारी गराइसकेका छैनन्।

    चिनियाँ पक्षले अहिले तीन वर्षदेखि रोकिएको तातोपानी स्थित लार्चामा रहेको सुक्खा बन्दरगाह निर्माणको काम थालेको छ।

    सांसद अग्नि सापकोटाले त्यहाँ भइरहेका कामको निरीक्षण गरेका छन्।

    उनले भने, “खासातिर पनि बाटो सुधारको, बाटो निर्माणको काम तीव्र गतिमा भइरहेको छ। बन्दरगाह पनि बनिरहेको छ। बाह्रबिसेदेखि तातोपानी सम्मको सडक खण्डको कामको लागि पनि मन्त्रालयमा सम्झौता भइसकेको छ।”

    ‘ढिलो या चाँडो’

    उनले समय नतोकेपनि “ढिलो या चाँडो” नाका भने खुल्ने बताए।

    कोदारी राजमार्ग

    चिनियाँ सहयोगमा बन्दरगाहको काम थालिनुका साथै चिनियाँ क्षेत्रमा सुरक्षा चौकी र बाटो निर्माण गरिनुलाई नाका खुल्ने महत्त्वपूर्ण संकेत भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी असमान तामाङको भनाइ छ।

    चीनबाट सामग्री ढुवानी गर्ने मुख्य नाका भएपनि भूकम्पले निकै क्षति पुगेपछि चिनियाँ पक्षले आफ्नो ध्यान रसुवाको केरूङ नाकातर्फ केन्द्रित गर्न पुग्यो।

    फलस्वरूप तातोपानी क्षेत्रका व्यवसायी र तीनमा आश्रित व्यक्ति विस्थापित हुन पुगे।

    भूकम्पको जोखिम भन्दै तिब्बतपट्टिको खासा बजारको बस्ती समेत चीनले हटाएपछि सो नाका सदाको लागि बन्द हुने हो कि भन्ने चिन्ताहरू व्यक्त भएका थिए।

    तर हालै दुई देशबीच सीमानाकाहरूको स्तरोन्नति गर्ने विषयमा सहमति भएपछि चिनियाँ पक्ष सक्रिय भएको बताइएको छ।

    संकेत

    तातोपानी नाका पुग्ने मुख्य मार्ग बाह्रबिसेदेखि तातोपानीसम्मको सडक निर्माणमा दुई देश सहमत भइसकेको बताउँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नाका चाँडै खुल्ने संकेत गरे।

    उनले भने, “चिनियाँ पक्षसँगको हाम्रो भेटमा पनि हामीले नाका खोल्ने विषयमा अनुरोध गरेका थियौँ। यसपालि उनीहरू अलि गम्भीर भएको देखिन्छ।”

    चीनबाट स्थलमार्ग हुँदै सामग्री ढुवानी हुने मुख्य व्यापारिक मार्ग तातोपानी सञ्चालनमा नआउँदा नेपाली व्यापारीहरूले रसुवाको केरूङ तथा लामो समुद्री मार्ग हुँदै भारतको कोलकाताबाट सामान ढुवानी गर्न बाध्य भएको व्यवसायीहरू बताउँछन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.