×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

नेपाली कफी ‘उच्चकोटीको’ तर उत्पादन …

  •  
  • बिहिबार, चैत २२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माधव नेपाल, बीबीसी नेपाली सेवा

    नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रिय रूपमा “उच्च स्तरको” पाइएको भन्ने समाचार सार्वजनिक भएको छ, कफी उत्पादनको दर भने त्यति सन्तोषजनक नभएको अधिकारीहरूले बताएका छन्।

    करिब चार दशकअघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट नेपालमा व्यवसायिकरूपमा कफी उत्पादन सुरु गरिएको बताइन्छ। तर अहिलेसम्म नेपालमा वार्षिकरूपमा ५ सय मेट्रिक टनको हाराहारीमा मात्र कफी उत्पादन हुने गरेको अधिकारीहरूको भनाइ छ।

    लामो समयदेखि गुल्मीको आँपचौरमा व्यवसायिक कफी खेती गर्दै आएका परशुराम आचार्य नेपालमा उत्पादित कफीलाई विश्व बजारले गुणस्तरीय ठाने पनि कफी खेतीप्रति सरकारी निकायको बेवास्ता गर्दा कफी किसानहरू उत्साहित हुन नसकेको बताउँछन्।

    उनका अनुसार सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा कफी खेतीका प्रशस्त सम्भावना रहेको छ।

    उनले भने, “सरकारले कफी किसानलाई राम्रो सहयोग गर्ने हो भने उत्पादन अझै बढाउन सकिन्छ।”

    सम्भावना

    नेपाल चिया तथा कफी विकास बोर्डले नेपाली कफीको गुणस्तरका बारेमा हालै एक रिपोर्ट सार्वजनिक गर्दै यो वर्ष अर्थात् सन २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० अंक पाएको वताएको छ।

    बोर्डका अनुसार त्यो अंक छिमेकी मुलुक भारत र चीनले पाएकोभन्दा बढी हो।

    पाँचथरमा बेचिने स्थानीय कफी

    विगत पाँच वर्षदेखि नेपाली कफीलाई अन्तर्राष्ट्रिय परीक्षणमा पठाउन थालिएको हो। यो वर्ष लेकाली कफी स्टेट नुवाकोटले पहिलो पटक त्यति धेरै अंक पाएको बोर्डका निर्देशक दीपक खनालले वताए।

    पछिल्लो परीक्षणले नेपालको कफी विश्व बजारमा “उच्चस्तरको” भएसँगै नेपालका लागि नयाँ अवसरहरू पनि आएको खनाल बताउछन्।

    २०३२ सालमा गुल्मीबाट सुरु भएको कफी खेती अहिले देशको मध्यपहाडी क्षेत्रका सबैजसो जिल्लामा फैलिसकेको बोर्डको भनाइ छ।

    नेपालमा उत्पादित कफीको मुख्य बजार युरोप र अमेरिका हो।

    चिया तथा कफी विकास बोर्डका अनुसार ती देशवाट वार्षिक ८ हजार मेट्रिक टन नेपाली कफी माग हुदै आए पनि उत्पादन भने त्यसको तुलनामा निकै न्यून रहने गरेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.