संपादकीय
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढ्दो महँगीसँगै सरकारले सर्वसाधारण नागरिकहरुलाई मर्का पर्ने गरी मूल्य वृद्धि गरेको छ । नागरिकरुलाई सस्तो र सहजरुपमा सुविधा दिनुपर्ने सरकारले नै मूल्य वृद्धि गरेर उनीहरुलाई थप पीडित बनाएको आभास भएको छ । नागरिकहरुलाई सर्वसुलभ ढंगले सेवा दिनुको सट्टा सरकारले मूल्य वृद्धि गर्नु उचित होइन ।
सरकारले नेपाल आयल निगममा हुने अनियमितता र चुहावट रोक्नतिर लाग्नुको सट्टा जनतालाई थप सास्ती दिने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु सरासर गलत कदम हो । सरकारले मूल्य वृद्धि गर्नुमा नै आफ्नो महानता र बहादुरी ठानेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आमसर्वसाधारण उपभोक्ताहरुलाई मार परेको छ । किन यसरी पटक–पटक मूल्य वृद्धि हुन्छ ? उता भने नेपाल आयल निगमले जग्गा खरिद प्रकरणमा करोडौं रुपियाँ घोटाला गरेको विषय बाहिर आउँदासमेत दोषीलाई कारबाही अगाडि बढाएको देखिँदैन ? के सर्वसाधारणको ढाड सेक्ने गरी मूल्य वृद्धि भने गरिरहने हो ? सर्वसाधारणको जनजीवन नै प्रभावित हुने गरी सरकारले मूल्य वृद्धि गर्दा त्यसको विरोध हुँदै आएको छ । तर अपवादमा मात्र सरकारले मूल्य वृद्धि फिर्ता लिने गरेको छ । नागरिकहरुको करबाट पालिने सरकारको काम के जनतालाई मर्का पर्ने गरी मूल्य वृद्धि गर्नु मात्र हो ? सरकारले आयल निगमभित्र हुने अनियमितता, कमिसनखोर र भ्रष्टाचार नियन्त्रण गर्न ध्यान दिनुपर्छ । सधैँ नागरिकलाई बोझ पर्ने गरी मूल्य वृद्धि गर्ने काम रोक्नुपर्छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि किन ?
पेट्रोलियम पदार्थको मूल्य वृद्धि किन ?
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















