नरेन्द्र ढकाल/गोरखा
चैत्र २२ गते । जिल्लाका ४० हजार ७०७ लाभग्राही दोश्रो किस्ताका लागि योग्य भएका छन् । पहिलो किस्ता बापत पाएकोे ५० हजारले घरको डिपिसी गरी अरु काम अगाडी बढाएका उनीहरुलाई दोश्रो किस्ता दिन शहरी आवास तथा भवन डिभिजनले जिल्ला समन्वय समितिमा सिफारिस गरेको हो । ती मध्ये ३५ हजार ९ सय ७३ को खातामा दोश्रो किस्ता गएको छ ।
३५ हजार ३ सय ६५ लाभग्राहीलाई नेपाल सरकार र ६ सय ८ लाभग्राहीलाई सघं सस्था मार्फत रकम पठाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयकी सन्तोषी लामिछाने जानकारी दिइन् । ५६ हजार ७ सय २६ लाभग्राही रहेको गोरखामा १४ हजार १ सय ७६ लाभग्राहीले घर निर्माण गरी तेश्रो किस्ता दाबी गरेका छन् ।
उनीहरु मध्ये ११ हजार १ सय ७३ ले घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता समेत पाइसकेका छन् । १० हजार ७ सय २७ लाभग्राहीलाई नेपाल सरकार र ४५६ जना विभिन्न संघसस्था मार्फत तेश्रो किस्ता प्रदान गरिएको हो । यस अघि सरकारले समय सिमा निर्धारण गरेर निजि आवास पुर्ननिर्माणको कामलाई तिब्रता दिए सँगै घर बनाउने क्रम पनि बढेकाले यो तथ्याङ्क केही दिनमा अझ बढ्ने प्राधिकरणले बताएको छ । य
द्यपी यस अघि चैत्र मसान्त सम्म दोश्रो किस्ता लिइसक्नु पर्ने समय सिमालाई ३ महिना बढाउने सरकारले निर्णय गरिसकेको छ । तथ्याङ्कमा केही कमी जस्तो देखि पनि ४० हजार भन्दा बढि पिडितले घर बनाउने काम अन्तिम चरणमा पु¥याएको प्राधिकरणको दाबी छ । जिल्लामा ६० हजार भन्दा बढि घर भत्किएकोमा झण्डै ५७ हजार लाभग्राही सुचिमा छन् ।
२ हजार भन्दा बढिले लाभग्राहीको सुचिमा नाम छुटेको भन्दा पुर्नसर्वेरण फारम भरेका छन । त्यसैगरी भुकम्पमा आंशिक क्षति पुगेका र मापदण्ड आउनु पुर्व बनेका गरी झण्डै ३ हजार घर प्रवलीकरण गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।




















