गोरखा समाचारदाता
प्रदेश नम्बर ४ का भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले आउदो असार १ गते बजेट ल्याउने तयारी भएको बताएका छन् । गोरखा नगरपालिका वडा नम्बर १० छेपेटार स्थित श्री तारा उच्च माध्यामिक बिद्यालयको शैक्षिक उन्नयन स्तरबृद्धि र भौतिक पूर्वाधार बिकास सहयोगार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी असार १ मा बजेट ल्याउने तयारीमा छौ, त्यसपछि जनताको मुहार फेरिनेछ, संमृद्धिको पाइला अघि बढ्नेछ’ मन्त्री बस्नेतले भने ।
प्रदेश सरकार अहिले कानुन निर्माणको प्रक्रियामा रहेकाले कुनै पनि काम गर्न सक्ने अबस्थामा नरहेको भन्दै असारमा बजेट ल्याएर ४ नम्बर प्रदेशका जनताको आर्थिक सम्बृद्धिको चाहाना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिले देशमा फरक बिचार भएका सवै राजनीतिक दलहरु पनि आर्थिक सम्बृद्धिको अभियानमा एकै ठाउमा उभिएको भन्दै तीन ओटै तहका सरकारले अधिकार अनुसूचीका आधारमा काम गर्ने बताएका छन् ।
प्रदेश सरकार गठन भएलगत्तै ४ नम्बर प्रदेशका जनतालाई परिवर्तन महसुस हुने गरी ८ ओटा महत्वपूर्ण निर्णय गरेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री बस्नेतको भनाइ छ । आफ्नो प्रदेशका १५ प्रतिशत जनताले अझै पनि बिजुली बत्तीको मुख देख्न नपाएको भन्दै अबको २ बर्ष भित्रमा सवै जनतको घरमा बजुली बत्ति पु¥याउने उनले दावी गरेका छन् । आफुलाई गोरखाका जनताले जिताएर मन्त्री बनाएको भन्दै जिल्लाका सवैखाले समस्या समाधान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
महायज्ञ उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको राज्यले अबलम्बन गरेको शिक्षा निति व्यवहारिक नभएकाले अब प्राबिधिक शिक्षामा जोड दिनुपर्ने उनले बताएका छन् । कार्यक्रममा बोल्दै गोरखा नगरपालिका गोरखका मेयर राजनराज पन्तले सवैले इच्छाशक्ती देखाउन सके शैक्षिक क्षेत्रको बिकास गर्न गाह्रो नहुने बताएका छन् । छेपेटार स्थित तारा उच्च माध्यामिक बिद्यालय छेपेटारको शैक्षिक उन्नयन, स्तोरबृद्धि र भौतिक पूर्वाधार बिकास सहयोगार्थ आज देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायक्ष शुरु भएको छ । २९ गते सम्म चल्ने महायज्ञमा पण्डित दिपक प्रसाद पौड्यालले कथा बाचन गर्ने बिद्यालयका प्रधानध्यापक बाबुराम बि.कले जानकारी दिएका छन् ।
नयाँ बजेट आएसंगै संबृद्धीको पाइला अघि बढ्छ : मन्त्री बस्नेत
नयाँ बजेट आएसंगै संबृद्धीको पाइला अघि बढ्छ : मन्त्री बस्नेत
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


