गोरखा समाचारदाता
भुकम्प गए लगत्तै जिल्ला भित्रिएका बिभिन्न संघ संस्थाहरु आफ्नो कार्यक्रम सकेर जिल्ला धमाधम छोड्दैछन् । तर उनीहरुले पिडितहरुलाई बाडेको कतिपय आश्वासन पुरा नगरेको पाइएको छ ।‘भुकम्प गएकै बर्ष काम गर्छु भनेर सिआरएस र कारितास आयो, साबिक ३ नम्बर वडामा भत्केको सबै शौचालय बनाइदिन्छु भन्यो, नापजाँच पनि ग¥यो, बुंकोटका मधुकर वन्तले भने ‘ तर नापेर गएपछि आजसम्म फर्केर आएको छैन’ । क्याथोलिक रिलिफ सर्भिस ‘सिआरएस’ले भुकम्प लगत्तै साबिकको बुंकोट वडा नम्बर ३ मा भत्किएका शौचालय तथा खानेपानीका ट्यांकी पुननिर्माण गरिदिने भन्दै आश्वासन बाडेको थियो । तर भुकम्प गएको झण्डै तिन बर्ष पुरा हुन लाग्दा समेत सर्भे बाहेक अरु काम नभएको स्थानीयहरुले गुनासो गरेका छन् । करिब २ सय ३८ घरधुरी रहेको साबिकको बुंकोट वडा नम्बर ३ मा सिआरएसले बाँडेको आश्वासन पुरा नगरेको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । ‘बनाइदिन्छु भनेर किन सपना बाँड्यो आजसम्म थाह छैन, पछिपनि कर्मचारीसँग बुझ्दा पनि हामी बनाइदिन्छौ, काम भइरहेको छ भन्थे’ वन्तले भने ‘ तर अब कहिले बनाउने हो थाहा छैन ।’
भुकम्पले भत्किएको शौचालय पुनःनिर्माण गर्न जस्ता, प्यान, सिमेन्ट, पाइप लगायतका सामाग्री सहयोग गर्ने बचन दिएको सिआरएस एक पटक पनि फर्केर नगएको स्थानीयले बताएका छन् । शौचालयसँगै भुकम्पले भत्काएको खानेपानीको ट्यांकी समेत पुनःनिर्माण गरिदिने सिआरएसले आश्वासन देखाएको थियो । गाँउमा भत्किएका शौचालय सहित खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दा चर्पी नबनाएकाहरुको पनि सिआरएस मार्फत शौचालय बनाउने स्थानीय सँग मौखिक सहमती भएको थियो ‘सबै सामान दिन्छु भनेर गाँउभरीका सबै मानिसलार्य आशा देखायो, पहिला नभएकाहरुको समेत बनाइदिन्छौ भन्यो’ सोही ठाउँका अर्का स्थानीय धन बहादुर बिकले भने ‘सबैका घरका चर्पि नापेर पनि लग्यो, आजसम्म इष्टमेट समेत देखाउन आएको छैन ।’
साबिकको बुंकोट अन्य वडामा अरु सस्थाले जिम्मा लिएरको काम सबै निर्माण सम्पन्न भइसकेको छ । तर सिआरएसले जिम्मा लिएको क्षेत्रमा भने आजसम्म पनि काम सुरु हुन नसक्दा स्थानीय भुकम्पपिडितहरु आक्राशित भएका छन् । ‘कि बनाउदिन भन्दिनु प¥यो, अरुले बनाएरपनि हस्तान्तरण गरिसके, अरुलाई पनि बनाउन नदिने, आफुपनि नबनाउने यो के काइदा हो सिआरएसको ?’ स्थानीय नेता समेत रहेका बिकले भने ।
यता सिआरएसले भने आफुहरुलाई यस बिषयमा जानकारी नभएको प्रतिक्रिया दिएको छ । ‘भुकम्प लगत्तैको रेस्पोन्स फेजमा म थिइन, कर्मचारीहरु पनि धेरै चेन्स भइसकेका छन्, हामीलाई त केही अपडेट नै छैन’ जिल्ला कार्यक्रम संयोजक रामहरी देवकोटाले भने ।
तत्कालिन समयमा सो क्षेत्रमा कारिताससँगको सहकार्यमा कार्यक्रम गरेको सिआरएसले हाल भने बुंकोटमा पद्धती विकास सेवा केन्द्रसंग समन्वय गरेर काम गरिरहेको छ । तर हाल संचालित कार्यक्रममा समेत सो क्षेत्रमा शौचालय निर्माणको कार्यक्रम नरहेको सो क्षेत्रका संयोजक रुपक श्रेष्ठले बताएका छन् ।
भुकम्प गए लगत्तै जिल्ला आएका सय भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय संथाहरु पुनस्थापना तथा पुर्नलाभका कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अबधी सकिएको भन्दै सघंसस्थाले धमाधम जिल्ला छोडिरहँदा पिडितले भने पुरानौ वाचा सम्झाइरहेका छन् । यद्यपी सिआरएसको कार्यक्रम अवधी बाँकीरहेकाले अझै पनि काम हुने स्थानीयले झिनो आशा व्यक्त गरेका छन् ।
बुंकोटबासी भन्छन : सिआरएसले चर्पी बनाइदिन्छु भनेर झुक्यायो
बुंकोटबासी भन्छन : सिआरएसले चर्पी बनाइदिन्छु भनेर झुक्यायो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


