गोरखा समाचारदाता
जिल्लाका १ सय ११ जना छात्रछात्राले वर्षेनी ५ हजार बराबरको छात्रवृद्धि पाउने भएका छन् । गोरर्खाली समाज यूके ट्रष्टले जिल्लाका विभिन्न विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई कक्षा १२ सम्म नियमित रुपमा छात्रबृत्ति प्रदान गर्ने बताएको छ । ‘जिल्लाको शैक्षिक स्तर माथि उकास्न के गर्न सकिन्छ भन्ने लागेको थियो, सोही अनुरुप यो सहयोग गरेका हौ’ ट्रष्टका अध्यक्ष जयप्रकाश गुरुङले भने । मंगलबार गोरखा सदरमुकाममा एक कार्यक्रम आयोजना गरेर ट्रष्टले प्रत्येक स्थानीय तहको एक विद्यालयका दश÷दश जनाका विद्यार्थीलाई ५ हजार बराबराको शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सहयोग पाउने अधिकांश विद्यार्थी कक्षा ४ मा अध्ययनरत भएकाले उनिहरुलाई कक्षा १२ सम्मको अध्ययनमा सहयोग गर्ने ट्रष्टले बताएको छ । ‘पैसाकै कारण गाँउका विद्यार्थीले पढाई छोड्ने वाताबरण नबनोस् भनेर यो बर्षदेखि हामीले छात्रबृत्तिको कार्यक्रम ल्याएका छौ, यी विद्यार्थीहरुलाई हामी १२ कक्षा नसकुञ्जेल निरन्तर सहयोग गरिरहेनेछौ’ ट्रष्टका अध्यक्ष गुरुङले भने । आगामी बर्षहरुमा उनिहरुलाई अझै सहयोग सामाग्री पढाउने ट्रष्टले लक्ष्य राखेको बताएको छ । नौ गाँउपालिका र दुई नगरपालिकाका रहेको गोरखाका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रष्टले सहयोग गरेको हो ।
जिल्ला शिक्षा कार्यालय र स्थानीय तहको समन्वयमा जिल्लाभरबाट विपन्न र जेहेन्दार गरी १ सय ११ विद्यार्थीहरुलाई छनौट गरि छात्रबृत्ति दिइएको ट्रष्टका गोरखा सम्पर्क ब्यक्ति शरण श्रेष्ठले बताएका छन् । पहिलो चरणमा उनिहरुलाई सम्बन्धित विद्यालयका शिक्षकको रोहबरमा २÷२ सेट ड्रेस, ४ दर्जन कापी, १ दर्नन कलम, १ दर्जन पेन्सिल सहित एक झोला सहयोग गरिएको श्रेष्ठले बताए ।ट्रष्टका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, ट्रष्टका सदस्य सचिव भव भट्ट, ग्लोबल गोरखा नेटवर्कका महासचिव विनोद पोखरेल लगायतले धारणा राखेका थिए । ट्रष्टमा गोरखा स्थायी घर भई बेलयत बस्दै आएका गोरखालीहरु आवद्ध रहेका छन् ।
गोरखाका सय भन्दा बढि विद्यार्थीले वर्षेनी छात्रवृद्धि पाउने
गोरखाका सय भन्दा बढि विद्यार्थीले वर्षेनी छात्रवृद्धि पाउने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


