गोरखा समाचारदाता
नेपाल टेलिकमले उत्तरी गोरखामा सेबा बिस्तार गरेसँगै त्यहाँका स्थानीयसँग सम्बन्ध जोडिएको छ । केही दिन अघि नेपाल टेलिकमले चुम नुब्री गाउँपालिका वडा नम्बर ३ रमाइलोडाँडा र वडा नम्बर २ को ल्होमा बिटिएस टावर राखेर सेवा बिस्तार गरेको हो । ‘हामीले उत्तरी गोरखामाको २ ठाउँमा टेलिकमको बिटिसए टावर सञ्चालनमा ल्याएका छौ’ नेपाल टेलिकम गोरखाका प्रमुख चन्द्र बहादुर श्रेष्ठले भने । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोबाइल सेवा पुरयाइएको छ ।
रमाइलोडाँडामा राखिएको उक्त टावर बाट सल्लेरी, जगत, फिलिम , सिर्दिबासको तलले क्षेत्रका स्थानियले टेलिफोन सुबिधा उपभोग गर्न पाएका छन् । सो टावर राखिएपछि मनासलु पदमार्गलाई टेलिकमको सञ्चार सुबिधामा जोडिएको छ । यसैगरी ल्होमा राखिएको टाबरले नामरुङ्ग, स्याला र सामागाउँको विचमा भागका विभिन्न ठाउँमा नमस्ते मोबाइल सेवा सञ्चालमा आएको छ । ‘उत्तरी गोरखा जनतालाई टेलिफान सेवा प्रदान गर्ने उदेश्यका साथ हामीले दुई वटा टावर थप गरेका हौं, त्यसको परिक्षण समेत सम्पन्न भइसेको छ ’ श्रेष्ठले भने ।
टेलिकमको सेवा विस्तार सँगै चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ३ सँगै आसपासका स्थानीयलाई खबर आधानप्रदान गर्न सहज भएको छ । नेपाल टेलिकमले दुर्गम क्षेत्रको उक्त झण्डै १५ सय सेवाग्राहीलाई निशुल्क सिमकार्ड समेत वितरण गरेको छ । ‘५० रुपयाँ व्यालेन्स भएको १५ सय सिमकार्ड समेत निशुल्क रुपमा उपलब्ध गराएका छौ’ उनले भने । उत्तरी गोरखका छेकम्पार र सामागाउँमा सिडिएमए सेवा सञ्चालन रहेको र उक्त स्थानमा पनि नमस्ते मोबाइल सेवा सुरु गर्ने टेलिकमको योजना छ ।


