×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जलवायु परिवर्तनको असर: स्वास्थ्यमा जोखिम बढ्दो

  •  
  • शुक्रबार, चैत १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • डेंगु, चिकनगुनिया लगायतका कीटजन्य रोग २ हजार मिटरभन्दा माथिका सबै भूभागमा

    अतुल मिश्र

    चैत्र १६, २०७४ काठमाडौँ — जलवायु परिवर्तनका कारण नेपालको उच्च पहाडी क्षेत्रमा समेत कीटजन्य रोग देखिन थालेका छन् ।

    विकसित देशबाट हुने हरित ग्यास उत्सर्जनलगायत समस्याको मारमा नेपालजस्ता मुलुक पनि परेको भन्दै यसको रोकथाममा सरकारले विशेष रणनीति अपनाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् । बिहीबार काठमाडौंमा पहिलोपटक सुरु भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनमा यस्तो कुरा उठेको हो । ‘डेंगु, चिकनगुनियाजस्ता कीटजन्य रोग काठमाडौंमा मात्र नभई रसुवाको धुन्चेसम्म पुगेको छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य मन्त्रालयद्वारा आयोजित दुईदिने सम्मेलनमा परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले भने । उनले जलवायु परिवर्तनले कुपोषणको समस्यामा कमी आउन नसकेको र उदासी रोग (डिप्रेसन) तथा आत्महत्या बढेको पनि उल्लेख गरे ।डेंगु, चिकनगुनिया, हात्तीपाइले, कालाजारलगायतका कीटजन्य रोग २ हजार मिटरभन्दा माथिका सबै भूभागमा पुगेका छन् भने जिका रोग देखिनसक्ने जोखिमसमेत छ । एक डिग्री तापक्रम वृद्धि हुँदा औलाका बिरामी २७ प्रतिशतले बढ्न सक्ने मानिन्छ । यस्तै, बालबालिकामा पनि झाडापखालामा वृद्धि देखिएको छ ।

    जलवायु परिवर्तनले तापक्रममा वृद्घि भई मुलुकको मौसमी चक्रसमेत प्रभावित भएको छ । वातावरण परिवर्तन र प्रदूषणको दोहोरो मारले गर्दा हाल नेपालीको मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या पनि बढेको चिकित्सकहरूले बताए । केही वर्षअघि वर्षायाममा मात्र देखिने रोगहरू हिउँदमा समेत देखिन थालेका छन् । नेपालमा गरिएको अध्ययनले औसत एक डिग्री सेन्टिग्रेडका दरले तापक्रम बढा पाँच वर्षमुनिका बालबालिकामा झाडापखाला ४.४ प्रतिशतले बढ्ने देखाएको सिर्जनलाल श्रेष्ठले बताए ।

    देशका विभिन्न भागमा खडेरीमा समेत वृद्घि देखिएको छ । यो समस्यासँग जुध्न लगाइने विशेष प्रकारको बीउ, विजनबाट उत्पादित खाद्यान्न सेवन गर्दा ‘एफ्रोटक्सिन’ ले मिर्गाैला फेल हुने सम्भावनासमेत बढेको डा. धिमाल बताउँछन् । तापक्रममा वृद्घिले गर्दा हाल पहाडी क्षेत्रमा समेत विषादी प्रयोग गर्नुपर्ने अवस्था आएको छ । यसले गर्दा क्यान्सर, मधुमेहलगायत नसर्ने रोगमा समेत वृद्घि देखिएको छ ।

    तापक्रम वृद्घिले हिमाली क्षेत्रमा समेत प्रभावित पारेको अध्येता धिमाल बताउँछन् । पहिले हिमाली क्षेत्रमा प्रशोधनबिना पानी उपयोग गरिने स्थिति रहे पनि हाल शुद्घीकरण गर्नैपर्ने भएको छ । ‘हाल हिमालमा भरियाहरूले पहिलेको दाँजोमा कम भारी बोक्न सकेका छन्, काम नै कम गर्ने अवस्था, हिउँ छिटो पग्लँदा कम ट्रेकिङ हुनेजस्ता समस्या देखिन थालेका छन्,’ धिमालले भने । नेपालमा २ हजार ३ सय ३२ ग्लेसियर लेक (हिम नदी र हिम ताल) सहित जम्मा ५ हजार ३ सय ५८ ताल छन् । देशमा भएका करिब ६ हजार नदीको लम्बाइ ४५ हजार किलोमिटर छ ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.