×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अवैध सम्बन्धको आरोपमा जेठाजु बुहारीलाई वडा अध्यक्षको चरम यातना (भिडियो)

  •  
  • मङ्गलबार, चैत १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राजकरण महतो 

    महोत्तरी (सोनमा) : जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको भन्दै महोत्तरीको सोनमा गाउँपालिकाका वडा अध्यक्ष महेश यादवले जेठाजु र बुहारीलाई हात खुट्टा बाँधेर यातना दिएका छन्।

    सोनमा गाउँपालिका ७ सुन्दरपुरका  वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोवी र उनका बुहारी करीब ४५ बर्षीय  सैरुल खातुनलाई कुटपीट गरेर यातना दिएका हुन्।

    वडा कार्यालयमा भएको पञ्चायतकै बीचमा  वडा अध्यक्ष यादवले उनीहरुलाई अवैध सम्बन्ध राखेको आरोपमा चरम यातना दिएको पञ्चायतमा सहभागीहरूले जनाएका छन्। घटना १० दिन अघिको भएपनि कुटपीट गरिएको भिडियो सोमबार मात्रै समाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको रहश्य खुलेको हो।

    सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको कर्चीले कुटपीट गरेको भिडियो सार्वजनिक पनि भएको छ।

    पञ्चायतमा वडा अध्यक्ष यादवले  सैरुललाई आफैले कुटपीट गरेको छन्  भने, इसराफिललाई स्थानीय अमृत राय यादवले कुटेका हुन्।

    उनीहरूलाई कुटपीट गर्दा कसैले प्रतिवादन भने गरेनन् । पञ्चायतमा सहभागीहरूले उनीहरूमाथि कुटपिट भइरहँदा कसैले ‘छोड् छोड्’ भनेको र कसैले ‘कुट् कुट्’ भनिरहेको भिडियोमा सुनिन्छ।

    गाउँलेहरूका अनुसार ससुरा एैलुन र देवर जिलानी मिलेर पीडित महिला सैरुललाई इसराफिलसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा कार्यालयमा पञ्चायत बोलाएका थिए।

    पीडित इसराफिलका अनुसार गाउँका भुपु  मुखिया रामेश्वर यादवले कमरको नुगि खोलेर खुट्टा बाँधे। घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए। ‘न कुटनुस्’ भन्दा भन्दै गाउँका अमृतले बाँसको दुई वटा कर्चीले पैताला र शरीरको विभिन्न भागमा बेहोस हुने गरी कुटे।

    पीडित इसराफिल र उनकी बुहारीलाई अनैतिक सम्बन्धको आरोपमा पञ्चहरूले ढोका बन्द गरेर एक घण्टासम्म यातना दिएको गाउँलेहरूले अन्नपूर्णसँग बताए।

    पीडितहरूले अनाहकमा आफूमाथि कुटपिट गरिएको बताएका छन्। अवैध सम्बन्ध राखेको पुष्टि भए समाजको जस्तो सुकै दण्ड जरिवना मान्ने उनीहरूको भनाई छ। बिना गल्ती अनाहकमा यातना दिनेहरूलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्।

    मरनासन्न हुने गरी दुवैलाई कुटपीट गरिएपछी इसराफिल बेहोस भएर लगेका थिए। वडा कार्यालयका कार्यालय सहयोगीलाई उनीहरूलाई घरबाट बोलाउन लगाएर वडा अध्यक्षको रोहबरमा गाउँले र वडा अध्यक्ष स्वयंमले  चरम यातना दिएको  खुलेको छ।

    वडा अध्यक्ष र पूर्व मुखियाले तीन थान बाँसको कर्ची काट्न लगाएर उनीहरुलाई पञ्चायतमै कुटपीट गरेका थिए।

    कुटाईबाट घाइते भएका इसराफिल र उनको नातामा बुहारीको  सैरुल खातुनको परिवारजनले वडा कार्यालयबाट घर लगेर गाउँकै स्वास्थ्य केन्द्रमा उपचार गराएका थिए।

    उनीहरूमाथि कुटपीट भएको केही समय भित्रै प्रहरी चौकी मगरथानाबाट प्रहरी वडा कार्यालय पुगेका थिए। तर,  पञ्चहरुले केही नभएको बताएपछि प्रहरी त्यसै फर्किएको थियो।

    पछि पीडत इसराफिल  र उनका दाजु इलाका प्रहरी कार्यालय गौशालामा उजुरी गर्न गए। तर, आफूहरूको  पीडा प्रहरीले नबुझेको पीडित इसराफिलले  बताए।

    पीडत महिला पनि न्यायको माग गर्दै सोनमा गाउँपालिका प्रमुख राजकुमार यादव (राजाबाबु) लाई पीडा सुनाउन् गइन्। तर उनले वडा अध्यक्षमाथि कानुनी कारवाही गर्नुको साटो गुपचुपमा घटना मिलाइदिए।

    सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादवले वडा अध्यक्षले कुटपिट गरेको विषय आफूलाई थाहा नभएको दावी गरेका छन्। उनले महिलाको घरको अंश बाँडफाँटको विवाद मिलाएको बताएका छन्।  प्रमुख यादवले  यातना दिएको भिडियो हेरेपछि भने घटनालाई गम्भीरतापूर्वक लिने बताए। भने, ‘यो यातना दिनु गल्ती हो । छिट्टै गाउँकार्यपालिकाको बैठक बोलाएर छलफल गर्छौं।’

    इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टले पीडितहरू आफूकहाँ नआएको दावी गरेका छन्। उनले घटनाबारे बुझ्ने बताए।

    भिडियो

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.